जल्पामा जनता संग वडा कार्यालय कार्यक्रममा जेष्ठ नागरिक सम्मान ।

Kandara News
प्रकाशित : २०७९ जेठ १३ गते २२:५६

जल्पामा जनता संग वडा कार्यालय कार्यक्रममा जेष्ठ नागरिक सम्मान ।

पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा वडा कार्यलयले टोल टोलमा जनता संग वडा कार्यालय कार्यक्रम गरेको छ । जनता संग वडा कार्यालय कार्यक्रममा वडा बाट हुने जन्म, मृत्यू, बसाईसराई, विवाह दर्ता, जन्म दर्ता किन बनाउनु पर्छ र त्यसको लागि के कागजपत्र आबश्यक पर्छ भन्ने बारेका वडा सचिव भोज बहादुर रानाले सहजिकरण गर्नु भएको छ । साथै वडा कार्यलय बाट हुने ३७ प्रकारको सिफारीसको बारेका वडा अध्यक्ष निर बहादुर सारुले टोल टोलमा गएर सहजिकरण गर्नु भएको छ ।
यसरी टोल टोलमा गएर कार्यक्रम गर्दा जनताको गुनासाहरुलाई टिपोट गरी तत्काल सामाधान हुने गुनासाहरुको सामाधान गरेको र अन्य समस्याहरुलाई टिपोट गरी वडा बैढक तथा गाउँपालिको बैढकहरु बाट पनि जनताको समस्या सहितको गुनासो सामाधानमा वडा कार्यलय लागि परेको वडा अध्यक्ष निर बहादुर सारुले बताउनु भयो । सारुले कागजपत्र जतनको लागि २—२ वटाको दरले क्लिीयर व्याग पनि वितरण गरेको बताउनु भयो ।

जनप्रतिनिधि तथा वडाका कर्मचारीहरु यसरी टोल टोलमा पुगेर काम गर्दा जनतालाई धेरै सहज महसुस गरेको जन प्रकास आ.विका शिक्षक हेम ठाडाले बताउनु भयो ।

टोल टोलमा जनता संग वडा कार्यालय कार्यक्रमकै अवसर पारेर जल्पा भरी ४० जना आर्थिक रुपले विपन्न र अशक्त जेष्ठ नागरीक हरुलाई  सम्मान गर्दै ज्याकेट र स्वीटर वितरण गर्ने कार्यक्रम अनुसार जल्पाको साठिकोल र मैदानमा वितरण गरेको र अन्य टोलमा पनि केहि दिन भित्र वितरण गर्ने वडा अध्यक्ष निर बहादुर सारुले बताउनु भयो । महिला २० र पूरुष २० गरी जम्मा ४० जनालाई वितरण गर्ने सारुले बताउनु भयो ।


प्रकाशित : २०७९ जेठ १३ गते २२:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology