हेक्लाङ्गमा विद्यालयमा अध्यनरत विद्यार्थी हरुको हृदय रोग सम्बन्धी स्वास्थ्य परिक्षण ।।

Kandara News
प्रकाशित : २०७९ जेठ १६ गते २१:२८

हेक्लाङ्गमा विद्यालयमा अध्यनरत विद्यार्थी हरुको हृदय रोग सम्बन्धी स्वास्थ्य परिक्षण ।।
पूर्वखोला गाउँपालिका – ६ हेक्लाङ्ग जन प्रिय माद्यामिक विद्यालायमा हेक्लाङ्ग वडामा अध्यनरत बिधार्थीहरुको हृदय रोग सम्बन्धी स्थास्थ्य शिविर सम्मपन्न भएको छ । हेक्लाङ्गमा छात्रा १८४ र छात्र १८६ गरि जम्मा ३७० जना बिधयार्थीहरुलाई हृदय रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको छ । जाच गरिएको १ जना बिध्यार्थीलाई अप्रेशनको लागि काठमाडौं पठाएको छ पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी गराउनु भयो । बिधालयमा अध्यानरत बिध्यार्थीहरुलाई थाहा नपाईकन लाग्ने हृदयरोगलाई समयमा नै उपचार गर्ने र परामर्श गर्ने उदेश्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौं बाट यो कार्यक्रम संचालन गरेको हो । नेपाल हृदयरोग निबारण प्रतिष्ठान काठमाडौंबाट आउनु भएका डा. प्रकासराज रेग्मी , डा . प्रेमराज बैध्य , डा .उर्मिला शाक्य , डा. अजय अधिकारी र प्रकाश रेश्मी ले रोग स्क्यान गरि जाँच गरि परामर्श दिनुभएको थियो । कार्यक्रममा पुर्बखोला गाउँ पालिका उपाध्यक्ष भागिरथी भट्टराई स्वास्थ्य संयोजक मोहन ढकाल, हरि न्यौपाने , वडा अध्यक्ष धन बहादुर घर्ती वडा सदस्यहरु बिधालयका प्रधानाध्यापक बाबुराम घिमिरे तथा स्वास्थ चौकीका स्वास्थ्यकर्मी लगायत अन्य ब्याक्तिहरुले सहयोग गर्नु भएको थियो


प्रकाशित : २०७९ जेठ १६ गते २१:२८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology