वीरकोटमा विद्यालयमा अध्यनरत विद्यार्थी हरुको हृदय रोग सम्बन्धी स्वास्थ्य परिक्षण ।।

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ जेठ १६ गते २१:४५

वीरकोटमा विद्यालयमा अध्यनरत विद्यार्थी हरुको हृदय रोग सम्बन्धी स्वास्थ्य परिक्षण ।।
पूर्वखोला गाउँपालिका – ५ गणपती माध्यमिक विद्यालायमा वीरकोट वडा भरी अध्यनरत बिधार्थीहरुको हृदय रोग सम्बन्धी स्थास्थ्य परिक्षण भएको छ । वीरकोटमा छात्रा ३०० र छात्र २८९ गरि जम्मा ५८९ जना बिधयार्थीहरुको हृदय रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको हो। बिधालयमा अध्यानरत बिध्यार्थीहरुलाई थाहा नपाईकन लाग्ने हृदयरोगलाई समयमा नै उपचार गर्ने र परामर्श गर्ने उदेश्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौं बाट यो कार्यक्रम संचालन गरेको हो । नेपाल हृदयरोग निबारण प्रतिष्ठान काठमाडौंबाट आउनु भएका डा. प्रकासराज रेग्मी , डा . प्रेमराज बैध्य , डा .उर्मिला शाक्य , डा. अजय अधिकारी र प्रकाश रेश्मी ले रोग स्क्यान गरि जाँच गरि परामर्श दिनुभएको थियो । कार्यक्रममा पुर्बखोला गाउँ पालिका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई स्वास्थ्य संयोजक मोहन ढकाल, हरि न्यौपाने , वडा अध्यक्ष धन बहादुर घर्ती वडा सदस्यहरु बिधालयका प्रधानाध्यापक तथा स्वास्थ चौकीका स्वास्थ्यकर्मी लगायत अन्य ब्याक्तिहरुले सहयोग गर्नु भएको थियो


प्रकाशित : २०७९ जेठ १६ गते २१:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology