आफ्ना स्वर्गीय आमाबाबाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

होम राई मगर
प्रकाशित : २०७९ जेठ १८ गते १७:१९

 

निस्दी,पाल्पा / १८ जेठ २०७९ । आफ्ना स्वर्गीय आमाबाबाको स्मृतिमा सिन्दुर आधारभूत विद्यालय निस्दी-६,अर्चले,पाल्पामा अक्षयकोष स्थापना गरिएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर-३,रुपन्देही निवासी जुनु थापा आलेले आफ्ना स्वर्गीय आमा नरीमा सरा बयम्बु र बाबा हुम बहादुर बयम्बुको स्मृतिमा ५० हजार ५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयदाता आलेले विद्यालयमा स्वयं उपस्थित भएर विद्यालयका प्रधानाध्यापक हुम बहादुर सुनारीलाई हस्तान्तरण गर्नुभएको हो । बयम्बुले उक्त रकम विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा प्रदान गर्न सुझाव दिनुभएको छ ।

स्मरण रहोस् यस अघि पनि अक्षयकोष दाताका आमा नरीमा सरा बयम्बुले समेत आफ्ना श्रीमानको स्मृतिमा ५० हजार ५ रुपैयाँ नै अक्षयकोष स्थापना गर्नुभएको थियो ।


प्रकाशित : २०७९ जेठ १८ गते १७:१९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology