निस्दीको अर्चलेमा धारा सहितको ड्रम वितरण ।

होम राई मगर
प्रकाशित : २०७९ जेठ २० गते १९:३७

निस्दीको अर्चलेमा धारा सहितको ड्रम वितरण

निस्दी,पाल्पा / २० जेठ २०७९ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका प्रत्येक घरपरिवारलाई धारा सहितको ड्रम वितरण गरिएको छ ।

निस्दी गाउँपालिका पाल्पाको ४ लाख ६० हजार रुपैयाँको आर्थिक सहयोगमा ४ सय ६० घरपरिवार, विद्यालय र स्वास्थ्य चौकीलाई वितरण गरिएको हो । वडालाई पूर्ण सरसफाइ वडा घोषणा गर्न सहयोग पुग्ने उद्देश्यले धारा सहितको एक सय लिटरको ड्रम वितरण गरिएको वडाध्यक्ष मेख बहादुर सुनारी बताउनुभयो । कार्यक्रममा बेस नेपाल सुहाराका सामाजिक कार्यकर्ता दान बहादुर रजालीले स्वास्थ्य नै धन भएको बताउदै वितरण गरिएको सामाग्री सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।

वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको सन्चालन वडा सचीव मीन बहादुर रानाले गर्नुभएको हो ।


प्रकाशित : २०७९ जेठ २० गते १९:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology