रिङ्गनेरहमा पूर्णखोप सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न

Kandara News
प्रकाशित : २०७९ जेठ २० गते २०:५१

पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्गनेरहमा अभिमुखीकरण तथा पूर्णखोप सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडा न ३ रिन्नेरह पुर्बखोलालाइ कोभिड-१९ पुर्ण खोप वडा समेत घोषणा गरिएको छ ।

सोहि अबसर पारेर नेपाल रेडक्रसले कोभिड-१९ पूर्वतयारी तथा प्रतिक्रिया संचालन परियोजना सम्बन्धी वडा स्तरिय परिचयात्मक तथा समन्वयात्मक कार्यशाला गोष्ठी गरेको छ ।

स्वास्थ्य चौकीमामा भएको कार्यक्रमको अध्यक्षता वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा प्रमुख अतिथि रहनु भएको छ । प्रमुख अतिथि पालिका प्रमुख थापाले बोल्दौ खोप सबैको अधिकार भएकोले सबैले पाउनु पर्छ भन्दै खोप लगाउन नपाएर कोहि मर्न या कुनै रोग नलागोस भन्नेमा पुर्बखोला गाउँपालिका सचेत रहेको बताउनु भएको छ ।

अनमि रन्जिता शर्माको स्वागतबाट सुरु भएको कार्यक्रममा स्वास्थ शाखा प्रमुख मोहन ढकालले वडाका सबै नागरिकले खोप लगाएको र घरघरमा पुगेर नलगाएको र छुटेको लाइ लगाए पछि मात्र घोषणा गरिएको बताउनु भएको छ ।

कार्यक्रममा उद्दबुद्द कलेज प्रमुख हरि प्रसाद न्यौपाने ,निबर्तमान वडा अध्यक्ष निल कण्ठ भट्टराई लगाएतले आफ्नो भनाइ राख्नु भएको छ ।कार्यक्रमको सन्चालन स्वास्थ चौकि प्रमुख श्रीराज आचार्यले गर्नु भएको हो ।


प्रकाशित : २०७९ जेठ २० गते २०:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology