सहलकोटमा उन्नत जातको धानको बीउ वितरण।।

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०७९ जेठ २४ गते १८:३८

२०७९ जेठ २४, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा उन्नत जातको धानको बीउ वितरण भएको छ।
निस्दी गाउँ पालिका कृषि शाखाको आर्थिक सहयोग र वडा नम्बर २ सहलकोटको समन्वयमा उक्त बीउ वितरण गरिएको हो ।
सावित्री र सुख्खा गरि ३ सय ५५ किलो धानको बिउ वितरण गरेको वडा कृषि प्राविधिक नामाकर सन्ज्यालले बताउनुभयो ।
धानको बीउ वितरण गर्दै वडा अध्यक्ष फत्ते सिं दर्लामीले निस्दी गाउँ पालिकाले जनताहरुलाइ सहुलियत होस भनी मात्र वितरण गरेको र यो नै प्रयाप्त नहुन सक्छ। तसर्थ थोरै भए पनि राहतको महशुस गरि आउँदा दिनहरूमा जनताको मनोभावना र माग बमोजिम यस्तै खाले बिउहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बीउ वितरण कार्यमा पशु प्राविधिक अमर कुमार पन्डितले सहजीकरण गर्नुभएको हो।


प्रकाशित : २०७९ जेठ २४ गते १८:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology