सिलुवामा अदुवा ब्लक विकास केन्द्रमा आबद्ध समुहलाई कृषि सामाग्री वितरण ।

Kandara News
प्रकाशित : २०७९ जेठ २६ गते ७:२०

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम अन्तरगत सिलुवाममा कृषि सामाग्रीको साथमा औजारहरु वितरण गरिएको छ ।
कृषि ज्ञानकेन्द्र पाल्पा को सहयोग र हात्तीलेक सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा सो कार्यक्रम भएको हो । अदुवा ब्लक विकास कार्यक्रममा आवद्ध २१ वटा साविस समुह का कृषकहरुलाई १५ वटा मिनिटिलर, १५ वटा डिजिटल तराजु, र १६० वटा पोली क्यारेट वितरण गरिएको हो । कृषि सामाग्री वितरण कार्यक्रम पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, कृषि ज्ञानकेन्द्र पाल्पा का प्रमुख , पूर्वखोला गा.पा १ नं वडा कार्यालय अध्यक्ष गिरमान आले लगाएतको उपस्थितिमा  कृषि सामाग्री वितरण गरियो हात्तिलेक सहकारी सस्थाका व्यवस्थापक ज्ञान बहादुर रानाले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७९ जेठ २६ गते ७:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology