सिलुवालाई पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रम सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ जेठ २७ गते २२:१६

सिलुवालाई पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रम सम्पन्न ।

पाल्पा , सिलुवा
सिलुवामा वडा खोप समन्वय समितिको अभिमुखिकरण तथा पूर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । सिलुवा स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष तथा वडा अध्यक्ष गिरमान आलेको अध्यक्षतामा भएको घोषणा सभामा कार्यक्रममा यो बर्ष सिलुवाम ०-१५ महिनाको बालबालिका ६७ जना , १६-२३ महिनाको बालबलिका ५२ जना मध्य बालबालिकालाई खोप पूर्ण रुपमा पूरा भएको साथै कोविड -१९ विरुद्धको खोप १८ बर्ष माथिको २८१८ जना मध्य २८०८ ले खोप लगाएको बताउदै खोप कोविड -१९ विरुद्धको लगाउन १० जना छुट मध्य दिर्घरोघी , मानसिक रोगी तथा जेष्ठ नागरिक रहेको छ ।

घोषणा कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले स्वास्थ्यमा पूर्ण सेवा दिन स्वास्थ्य कर्मीहरु कोविड्को जोखिममा पनि खटेर कोविड -१९ नियन्त्रणमा सफलता हासिल गर्न सफल रहेको बताउदै वालवालिका हरुले लगाउने खोपको बारेमा महिला स्वास्थ्य संयमसेविका , स्वास्थ्य कर्मचारी , जनप्रतिनिधी, शैक्षिक व्यत्तित्व , अन्य व्यत्तिहरुले महत्वपूर्ण भुकिका खेलेको बताउदै यस्तो काम्ममा सबैको खाचो रहेको बताउनु भयो । संयोजक ढकालेले खोपको सबै मात्रा बालवालिकलाई पूर्ण सुनिश्चित गर्न सफल सिलुवा स्वास्थ्य चौकिलाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमा रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्री राज आचार्य , जनमार्ग माद्यमिक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर दिशा , रेडक्रस सोसाईटीका हरि प्रसाद न्यौपाने , सु आहारा सागर हिस्की लगायतले शुभकना मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सिलुवा स्वास्थ्य चौकीका प्रमुख मौसम राईले गर्नु भएको हो ।


प्रकाशित : २०७९ जेठ २७ गते २२:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology