पूर्वखोला -३ का जनप्रतिनिधीहरु योजना संकलनको क्रममा टोलटोलमा ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ जेठ २७ गते २३:१०

पूर्वखोला -३ का जनप्रतिनिधी हरु योजना संकलनको क्रममा टोलटोलमा ।।

स्थानिय तह दोस्रो निर्वाचन पश्चचात स्थानिय तहको पहोलो कार्यकालको योजना तर्जुमा कार्यक्रममा पूर्वखोला -३ मा सुरु भएको छ ।

पहिलो दिन पूर्वखोला -३ अर्खलडाँडा बाट सुरु भएको कार्यक्रममा वडा अध्यक्ष र वडा सदस्य हरु टोल टोल पुगेर टोल बासी हरुको समस्या र त्यस टोलको समस्या हरुलाई टिपोट गर्न वडाको टोल तहमा पुगेको वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई जानकारी गराउनु भयो । अध्यक्ष भट्टराईले वडा न -३ को अर्खलडाँडा टोलबासीको आवश्यकता , योजना माग हरुलाई टिपोट गरेर आफुहरुले विकास निर्माणलाई प्राथमिकता आधारमा काम गर्ने बताउनु भयो । भट्टराईले पहिले गरेका अधुरा काम हरुलाई प्राथमिकता दिएर नयाँ कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताउनु भयो ।

कार्यक्रमा वडा सदय देवीसरा गाहा , बासुदेव न्यौपाने , गणेश बहादुर काम्मु , पूर्व जनप्रतिनिधी प्रेमनारायण पंगेनी लगाएतको उपस्थित रहेको थियो ।

जन समुदायले सडक, कृषि, सिचाई , स्वास्थ्य , शिक्षा क्षेत्रका गुना सहितको योजना माग गर्नु भएको थियो । योजना सकलन कार्यक्रम डिल बहदुर गाहाको अध्यक्षतामा हुम आलेको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ जेठ २७ गते २३:१०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology