पूर्वसांसद भद्रबहादुर थापाको निधन ।

Kandara News
प्रकाशित : २०७९ जेठ २८ गते १६:४७

पाल्पाका पुर्वसांसद भद्रबहादुर थापाको मृत्यु भएको छ । थापाको ७० बर्षको उमेरमा उहाँको निधन भएको हो ।

रामपुर नगरपालिका वडा नं १० निवासी थापाको आज १२ बजे रामपुर अस्पतालमा मृत्यु भएको वडाध्यक्ष तोया सारुले जानकारी दिनु भयो ।

थापा केही वर्षदेखि मुटुको बिरामी भए पनि निको भएको थियो ।थापा ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका थापा ०६४ सालको अन्तरिम विधायक रहनु भएको थियो ।अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार समेत रहनु भएको थियो ।


प्रकाशित : २०७९ जेठ २८ गते १६:४७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology