जल्पामा टु एस टु एच समुहले विधार्थीलाई झोला तथा शिक्षाकलाई डायरी र पेन वितरण ।

माधव पाण्डे
प्रकाशित : २०७९ जेठ २८ गते २१:५५

जल्पामा टु एस टु एच समुहले विधार्थीलाई झोला तथा शिक्षाकलाई डायरी र पेन वितरण ।

पूर्वखोला गाउँपालिका २ जल्पा ढोलिमारामा रहेको शायरी बाल विद्यालयमा अध्यानरत १२ जाना विध्याथिलाई झोला, २ जाना शिक्षकलाई डायरि र पेन वितरण गरेएको छ ।
टु एस टु एच सस्थाले विद्यार्थीहरूको शैक्षिक ज्ञानमा ईट्टा थप्ने उद्देश्यका साथ झोला, डायरी र पेन वितरण गरेको हो ।

कार्यक्रमको प्रमुख अथिति पूर्वखोला कर्यपालिका सदस्य भिमिसरा अालेले विद्यार्थीहरूलाई केन्द्रीत गरि सस्थाले सामाजिक उत्तरदायित्वको भावना अनुरूप झोला वितरण कार्यक्रम सञ्चालन गरि विद्यार्थीको शैक्षिक ज्ञान हासिलमा इट्टा थप्ने कार्य गरेको बताउनुभयो । आलेले सामाजिक कार्य गर्नका लागि युवाहरू संगठित भई स्थापित भएको यस संथाले आगामी दिनमा समाजमा कम अवसर पाएका व्यक्ति, समुदाय एवम भौगोलिक हिसाबले पछाडि परेका विद्यालयहरूमा थप सामाजिक उत्तरदायित्वको भावना अनुरूप सामाजिक कार्यमा लाग्न सस्थालाई अनुरोध गर्दै अन्य सस्थासँग सहकार्य गरि आगामी दिनमा अगाडि बढ्न्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा टु एस टु एच संथाका अविनाश आले, लोक घर्ती मगर, दिपक कँवर , जितन घर्ती मगर लगाएतले आफुले पहिलो अक्षर लेख्न सिकेको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको र हरेक बर्ष सहयोग गर्ने समेत बताईएको छ । कार्यक्रम समापन गर्दै भेलाको अध्यक्ष तिल बहादुर कँवरले सामाजिक भावना अनुरूप युवाहरूले शैक्षिक क्षेत्रको गुणस्तरमा वृद्धि गर्ने संन्देश सहित कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । युवाहरूले आफ्नो दैनिक खाजा खर्च कटौती गरि सामाजिक भावना अनुरूप सामाजिक क्षेत्रमा थप सुधारात्मक अभियान सञ्चालन गर्न प्रेरणा मिलोस भन्दै आगामी दिनमा सस्थाले निरन्तरताका साथ सामाजिक कार्यलाई अगाडि बढाउन अनुरोध गर्नुभयो ।


प्रकाशित : २०७९ जेठ २८ गते २१:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology