जल्पालाई पूर्ण खोप सुनिश्चिता घोषण कार्यक्रम समपन्न ।

माधव पाण्डे
प्रकाशित : २०७९ जेठ २९ गते २०:२५

जल्पालाई पूर्ण खोप सुनिश्चिता घोषण कार्यक्रम समपन्न ।

जल्पा वडा खोप समन्वय समितिको अभिमुखिकरण तथा पूर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भयको छ । जल्पा स्वास्थ्य चौकि व्यवस्थापन समितिका सदस्य निर बहादुर सारूको अध्क्षतामा भएको कार्यक्रमको प्रमुख अथिति भागिरथी भट्टराईले स्वास्थ्यमा पूर्ण सेवा दिन स्वास्थ्यकर्मी कोविडको जोखिममा पनि खटेर कोविड १९ नियन्त्रणमा सफलता हासिल गर्न सफल भयको बालबालिका युवा महिला स्वास्थ्य स्वयंसेविकका स्वस्थ्य कर्मचारी जनप्रतिनिधि शैक्षिक व्यतित्तव अन्य व्यक्तिहरूले महत्त्वपूर्ण खेलेको बताउनुभयो । उपाध्यक्ष भट्टराईले वालवालिकाहरुलाई कुनै पनि खोप छुटाउन नहुने बताउदै आफु र आफ्नो घर परिवारको स्वास्थ्यको लागि सबै व्यक्ति जिम्मेवार पूर्वक लाग्न पर्ने बताउनु भयो । कार्यक्रममा पूर्वखोला गाउँपालिका कार्यपालिका सदस्य भिमिसरा आलेले स्वास्थ्य रहनको लागि विभिन्न रोगको विरुध लगाईने खोप प्रत्यक बलबलिकालाई नछुटाउन अनुरोध गर्नु भएको थियो ।

पूर्ण खोप सुनिश्चिता घोषण कार्यक्रममा लक्षित समुहमा १८९४ कोविड १९ तथा बालबालिकाले पाउने खोप सहित ९९दशमलव ६३ प्रतिशत पूरा भएको र पूर्ण खोप सुनिश्चिता गर्न आवश्यक सुचाङ्क पूरा भएकाले जल्पा स्वास्थ्य चौकि प्रमुख पदम दर्लामीले बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य खेम बहादुर घर्ती, रिङ्नेरह स्वस्थ्य चौकी प्रमुख श्रीराज आचार्य ,शम्भु मा. वि. साहेक प्रधाध्यापक श्रीधन कुवर ,सुआहाराका सागर हिस्की, पाल्पा रेडक्रस जिल्ला सदस्य हरिप्रसाद न्यौपाने लगायतले पूर्ण खोप सुनिश्चिता घोषण कार्यक्रममा निरन्तता सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन जल्पा स्वास्थ्य चौकिका प्रमुख अहेव पदम दर्लामीले गर्नु भयको हो ।


प्रकाशित : २०७९ जेठ २९ गते २०:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology