गणपती माद्यामिक विद्यालयमा पूर्व प्र.अ विष्णु पल्लीलाई विदाई , प्रेम बारघेरेलाई स्वागत कार्यक्रम सम्पन्न ।।

सिमा श्रेष्ठ / डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ जेठ २९ गते २३:३०

विदाई तथा स्वागत कार्यक्रम सम्पन्न ।
पूर्बखोला गाउँपालका ५ बिरकोटमा रहेको गणपति माद्यामिक विद्यालयको सभाहलमा वडा अध्यक्ष तथा गणपति माद्यामिक विद्यालयका निबर्तमान प्रधानाध्यापक बिष्णु कुमार पल्लीलाई बिदाई तथा बर्तमान गणपति माद्यामिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरे र सहायक प्रधानाध्यापक तिर्थ बहादुर सारुलाई एक कार्यक्रम विच स्वागत गरीएको छ । गणपति माद्यामिक विद्यालयको शिक्षक सोम पल्लीको संचालन र सहायक प्रधानाध्यापक तिर्थ बहादुर सारुको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको मुख्य पाहुना वडा नः ५ का वडा अध्यक्ष बिष्णु कुमार पल्लीले आफैले पढाउने विद्यार्थीलाई आफ्नो पद प्रधानाध्यापकको पद जिम्मा दिन पाउँदा आफु खुशि भएको बताउनु भयो । अध्यक्ष पल्लीले बर्षौ बर्ष आफुले पढेको र पढाएको विद्यालय भएकोले आफुले सकेसम्मको हरेक पक्षको पाटोलाई सकेको सहयोग गर्ने प्रतिबद्धता साथ नयाँ प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई उत्तर उत्तर प्रगतिको कामना सहितको शुभकामना दिनुभयो । सल्लाहकार सदस्य थर्क बहादुर बारघरेले बिद्यालय बालबालिकाको भबिष्य र समाजको दर्पण भएकोले राम्रो बातावरण सिर्जना गर्न प्रधानाध्यापकको महत्त्वपूर्ण भुमीका खेल्ने भएकोले यसलाई जिम्मेवारी पूर्ण अगाडि बढाउनुपर्ने बताउनु भयो । प्रधानाध्यापक प्रेम बहादुर बारघरेले आ-आफ्नो बालबालिकाको भबिष्य र अझै राम्रो गर्न ईन्जिनियर , डाक्टर , शिक्षक जस्ता जनशक्ति उत्पादन गरेको र अझै धेरै राम्रो विद्यार्थी उत्पादन गर्नको निम्ति सबैको सल्लाह सुझाबको अपेक्षा राखेकोबताउनु भयो । कार्यक्रममा उद्वबुद्व माद्यामिक विद्यालयका प्रधानाध्यापक लोकहरी देवकोटा ,जनशान्ति माद्यामिक विद्यालयका प्रधानाध्यापक ढक बहादुर सिंजाली ,निबर्तमान वडा अध्यक्ष धन बहादुर सिंजाली सल्लाहकार सदस्य मीन बहादुर सारु, चत्तुर दिसुवा , लिलाधर आचार्य ,ईश्वरी न्यौपाने इन्न्द्र सापकोटा , चन्द्र सिं बर्मेली ,शिव कुमार श्रेष्ठ र मुक्त बहादुर थापा लगायत अन्य ब्याक्तिहरुले शभकामना मनतब्य दिनुभयो । बिद्यालय व्यवस्थापन समितिका सदस्य याम बहादुर सारुको अध्यक्षतामा कार्यक्रम चलेको हो ।

को हुन विरकोट वडाको वडा अध्यक्ष विष्णु कुमार पल्ली ?

वि. स २०२३ साल फाल्गुन ६ गते बाबा केहर सिं पल्ली र आमा चन्द्र कुमारी पल्ली को तीन भाई छोराहरु मध्य जेठो संन्तानको रुपमा साविक विरकोट गाविसको स्याफटमा जन्मनु भएको हो । अध्यक्ष पल्लीले एम.एड सम्मको अध्यन गर्नु भएको छ । उहाँले औपचारीक शिक्षालााई गणपति, उद्धवुद्ध , त्रिभुवन क्यापस तान्सृन। पिएन क्यापस लगाएत शैक्षिक संथामा अध्यन गर्नु भएको थियो । विद्यार्थी जिवनमा प्रेम पंगेनी बाट अनेरास्ववियू को साधारण सदस्यता लिनु भएका पल्ली वीरकोट एमालेको सचिबमा रहेर १ कार्यकाल काम गरेको अनुभव रहेको थियो
। पछिल्लो ३० बर्ष शिक्षण पेशामा रहनु भएका पल्ली २०६० असार २६ गते बाट २०७८ सम्म गणपति माध्यमिक विद्यालयको प्रधानाध्यापक रहेर काम गर्नु भएको थियो । पल्ली २०७९ बैशाखमा शिक्षण पेशा बाट राजिना दिई नेकपा एमाले बाट वडा अध्यक्षमा उम्मेदवारी दिई वडा अध्यक्षता विजेता हासिल गर्नुृ भएको हो ।


प्रकाशित : २०७९ जेठ २९ गते २३:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology