रामतुलसी मा वि लाइ उत्क्रृष्ट बनाउन समिति र शिक्षक कर्मचारी विच अन्तरक्रिया सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७९ जेठ ३० गते ८:३८

जेठ ३० , रामपुर पाल्पा
गण्डकी बेसिको एक मात्र हाइस्कुल भनेर चिनिने जेठो विद्यालय रामतुलसी मा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रामतुलसी मा वि लाइ पुर्वी पाल्पाको जेठो विद्यालयको रुपमा रहेको विद्यालय मानिन्छ । जिल्ला कै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालय रामतुलसी नमुना माध्यामिक विद्यालय रामपुर पाल्पामा आइतबार वि व्या स , शिक्षक अभिभावक संघ ,शिक्षक कर्मचारी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानध्यापक बालकृष्ण लम्सालले अन्तरक्रियाकोउदेश्य सगै विषयबस्तुको बारेमा प्रष्ट पार्नु भएको कार्यक्रममा विद्यालयलाइ अव के गर्दा उत्क्रिष्ठ विद्यालयको रुपमा चिनाउन सकिन्छ भन्ने विषयमा शिक्षक हरुले पालैपालो आफ्नो परिचय शुझाव सहित शत प्रतिशत पास गराउन आफुहरु लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सहभागि शिक्षकहरुले राखेका जिज्ञाशालाइ वि व्या स को छिट्रटै बैठक बसि छलफल गरी समाधान गर्ने कोशिश गर्ने समितिले जनाएको छ । पाल्पाको पूर्वी क्षेत्रको पहिलो माध्यमिक विद्यालयको रुपमा स्थापित विद्यालयमा अहिले झण्डै २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने भण्डै १ सय शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा बाल कक्षा देखि १२ सम्मको अध्यापन हुँदै आएको छ । साथै ११र१२ मा विज्ञान शंकाय र ३ वर्षे कृषि बालीविज्ञान पनि सञ्चालनमा रहेको छ ‘एसएलसी उत्तिर्ण भए संगै कक्षा ११र१२ मा विज्ञान संकाय अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि राजधानी वा अन्य शहर पुग्नु पर्ने । बाध्यता अहिले रामतुलसीमै पढ्न पाउदा स्थानिय खुशि भएका छन् । आफ्नो उज्वल भविष्य निर्माणका लागि विज्ञान विषय लिई अध्ययन गर्न इच्छुक विद्यार्थीहरु कि त अन्यत्र जानु पथ्र्यो । अन्यथा इच्छालाई कुण्ठित पार्नु बाहेक अर्को विकल्प थिएन । तर २०६५ देखि रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले कक्षा ११र१२ का लागि विज्ञान संकायमा पढाई सञ्चालन गरे संगै सो बाध्यता हट्दै आएको छ । सुरुवातमा १२र१३ जना विद्यार्थीहरु सहित विज्ञान संकाय सञ्चालन गरेको रामतुलसी मावि पछिल्लो समयमा विज्ञान संकायका लागि रोजाईको विद्यालय बन्न थालेको छ ।नमुना विद्यालयको रुपमा स्थापित रामतुलसीमा विद्यार्थीहरुको चाप पाल्पामा सबै भन्दा धेरै रहेको छ नै, विज्ञान संकायमा र कृषि बालि विज्ञानमा पनि उत्तिकै आकर्षण बढेको देखिन्छ ।


कक्षा ११र१२ मा विज्ञान संकाय र कृषि बालि विज्ञानमा अध्ययनका लागि हाल पाल्पा संगै स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका विद्यार्थीहरु पनि आउने गरेका छन् । विज्ञान संकायको अध्ययन सकिए संगै अन्य प्राविधिक धारका विविध विद्याको अध्ययन गर्न पाउने हुनाले पनि विज्ञान संकाय तर्फ विद्यार्थीहरुको आकर्षण बढेको रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयको पूर्वाधार व्यवस्थापन, शिक्षकहरुको स्थायित्व एवं शिक्षक, विद्यार्थीहरुको लगाव कै कारण विज्ञान संकायमा विश्वास बढ्दै गएको बताउनु भएको छ । ।विस्तारै उचित व्यवस्थापन संगै शैक्षिक वातावरण तयार हुँदै गएको छ ।


प्रकाशित : २०७९ जेठ ३० गते ८:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology