जल्पा बर्मुकी एक महिलाा सम्पर्क बिहिन ,खोजीका लागि परिवारको अनुरोध

माधव पाण्डे
प्रकाशित : २०७९ जेठ ३० गते १२:५२

जल्पा,बर्मु
३० जेठ
पूर्वखोलामा एक जना महिला हराईरहेको भन्दै खोजी गर्नका लागि परिवारले सबैसँग अनुरोध गरेको छ ।
पुर्वखोलाको वडा नं.-२,जल्पा बर्मु बस्ने २३ वर्षिय मिना सरा झेंडी विगत १० दिनदेखि सम्पर्कबिहिन भएपछि उहाँका श्रीमान दुर्ग बहादुर झेंडीले खोजतलास गर्नका लागि प्रहरीचौकी पुर्वखोलामा जाहेरी दिनुभएको छ । आफ्ना २ वर्ष र ४ वर्षका दुईजना नाबालक सन्तान छोडेर सम्पर्कबिहिन भएपछि श्रीमानले खोजी गर्नका लागि सबैजनासंग अनुरोध गर्नुभएको छ । फोटोमा देखाईएको महिला कहिँकतै देख्नुभयो भने नजिकको प्रहरीचौकी अथवा श्रीमानको मोबाइल नम्बर ९८४४३१७६२४ मा सम्पर्क गर्न सकिने समेत पारिवारिक श्रोतले जनाएको छ ।


प्रकाशित : २०७९ जेठ ३० गते १२:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology