कोविड १९ बिरुद्ध वडा खोप समितिको अभिमुखीकरण तथा पूर्ण खोप सुनिस्श्चता घोषणा कार्यक्रम वीरकोटमा सम्पन्न भएको छ ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ जेठ ३० गते २१:१२

कोविड १९ बिरुद्ध वडा खोप समितिको अभिमुखीकरण तथा पूर्ण खोप सुनिस्श्चता घोषणा कार्यक्रम वीरकोटमा सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका ५ विरकोट स्वास्थ्य चौकीको सभाहलमा पूर्वखोला गाउँपालिका को आयोजनाममा तथा सह आयोजक रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाकोसह आयोजक आयोजनामा पुर्बखोला गाउँ पालिका ५ विरकोटलाई पूर्ण खोप घोषणा भएको छ । विरकोट स्वास्थ्य चौकीका अनमी लक्ष्मी थापाले खीरकोटमा दुई हजार चार जना जनसंख्या मध्य कोविड १९ बिरुद्धको खोप दुई हजार दुई जनाले पहिलो मात्र ,दोस्रोमात्र १८ सय ९९ जनाले लगाएको र बुस्टर डोज १४ सय ६६ जनाले लगाएको छ भने दुई जना असक्त बिरामी भएकोले लगाउन नमिलेको र १६ महिना देखि २३ महिना सम्मको ३८ जना बालबालिकाले पूर्ण खोप लगाएको प्रगति विबरण सार्बजनिक गर्नुभयो । विरकोट स्वास्थ्य चौकी प्रमुख रतना फालको संचालन र ल्याब असिस्टेन्ट सबिता पछाईको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रममा पूर्वखोला गाउँपालिका रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यले स्वास्थ्य रहन र स्वास्थ्य राख्न खानपान लगायत समय अनुसार मापदण्ड पालना गर्नुपर्ने कुरा राख्दै पूर्ण खोप घोषणा गर्न हरेक स्थान बाट सहयोग गर्नुभएकाहरुलाई धन्यवाद दिनुभयो । रेडक्रस सोसाइटी शाखा पाल्पाका सदस्य हरि प्रसाद न्यौपानेले रेडक्रस भनेको नै सहयोग हो । यो सबैमा हुन्छ र हुनुपर्छ भन्दै यसको स्थापना यसको काम बारे जाजकारी गराउनु भयो । गणपति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरेले कोरोना रोग अझै पनि फैलिने सम्भाबना भएकोले ख्याल गर्नुपर्ने कुरामा जोड्नु दिनु भएको भयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ , बिरकोट वडा सचिब पूर्ण बहादुर चितौरे , वडा सदस्य शिव कुमार श्रेष्ठ , सु आहाराका सागर हिस्की , मुक्त बहादुर सिंजाली वडा नः ५ मा रहेका बिधालयका सबै प्रधानध्यापकहरु स्वास्थ्यकर्मीहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु बुद्धिजीवी तथा १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुको आमाहरुको उपस्थिति रहेको थियो कार्यक्रम वडा अध्यक्ष बिष्णु कुमार पल्लीको अअध्यक्षतामाम कार्यक्रम चलेको हो ।


प्रकाशित : २०७९ जेठ ३० गते २१:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology