निस्दीको ज्यामिरेमा स्वास्थ्य शिविर सम्पन्न ।।

धन बहादुर ठाडा
प्रकाशित : २०७९ जेठ ३१ गते १७:१९

जेठ ३१

पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर – ७ , ज्यामिरेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा भएको शिविरबाट १ सय २ जनाले सेवा लिएका छन ।

शिविरमा महिलाहरुको प्रजनन स्वास्थ्य समस्याहरू पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर जाँच गरिएको हो । साथै महिलाहरुमा परिवार नियोजन सम्बन्धि अस्थायी सेवा प्रदान गरेको छ ।

शिविरमा ७२ जना महिलाको भिआईए परिक्षण गर्दा १ जनालाई पोजिटिभ देखिएको छ । २ जना महिलाको पाठेघर खसेको भेटिएको छ । शिविरबाट २ जनाले रिङ प्रेसरी राखेको , १ जनाले सर्भाइकल पोलिप सेवा लिएको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । साथै ११ जनाले ईम्प्लान्ट सेवा राखेको र ३ जनाले झिकेको संयोजक दिशाले बताउनुभएको छ ।

यसैबीच झिरुबासमा ४९ जना क्षयरोगी शंकास्पद व्यक्तिको खकार नमुना संकलन गरि परिक्षणको लागि मिशन हस्पिटल तानसेनमा पठाएको छ ।


प्रकाशित : २०७९ जेठ ३१ गते १७:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology