वडा स्तरिय निति तथा कार्यक्रम तर्जुमा गोष्ठी रिङ्नेरहमा सम्पन्न ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असार ८ गते २३:०८

वडा स्तरिय निति तथा कार्यक्रम तर्जुमा गोष्ठि रिङ्नेरहमा सम्पन्न ।
पाल्पा, पूर्वखोला
पाल्पा पूर्वखोला वडा नं. ३ ले वडा स्तरिय निति तथा कार्यक्रम तर्जुमा गोष्ठि रिङ्नेरहमा सम्पन्न भएको छ । जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु , वडा नं. ३ भित्र रहेका विद्यालयका प्रधानाध्यापहरु, बैद्धिक व्यत्तित्वहरु , टोल संयोजक, पत्रकारहरुको उपस्थितिमा कार्यक्रम भएको हो । आगिमी बर्ष २०७९÷०८० मा कस्ता निति हरुलाई समावेश गर्ने बारेमा विभिन्न सुझाव संकलन कार्यक्रम रिङ्नेरह वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई को अध्यक्षतामा भएको हो ।
वडा स्तरिय निति तथा कार्यक्रम तर्जुमा गोष्ठिमा नेपाली काँग्रेस पूर्वखोला सभापति विष्णु मायाँ आचार्यले योजना छनोट र बजेटिङ गर्ने क्रममा योजना सम्पन्न हुने गरि गर्नु पर्ने बताउनु भयो । अचार्यले जिवन उपयोगी र व्यवहारीक किसमको तालिम दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका भिम बहादुर सारुले रिङ्नेरहमा रहेको रिङ्नेरह माहाँसियकाले रह रहेको पूर्वखोलालाई त्यहि स्वरुप दिन पहल गर्नु पर्ने बताउनु भयो । सारुले सहकारी हरुले कुन आधारमा रिन दिएको छ त्यस पछिको उपलब्धि को अनुगमन गर्न वडाले पहल गर्नुपर्ने बताउनु भयो ।
जनमोर्चाका संयोजक पूर्ण बहादुर फालले कृषि र शिक्षालाई प्राथमिकता दिएर काम गर्नु पर्ने बताउनु भयो , फालले रिङ्नेरहमा ईन्टरनेट पहुचलाई व्यवस्थित गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

कार्यक्रममा निलकण्ठ न्यौपानेले धार्मिक अस्तित्व वोकेका पपुरातात्त्विक सम्पदाको जोर्गना गर्नुका साथै वालवालिकाको गुणस्तर शिक्षालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । न्यौपानेले सरकारी सेवा बाट पाउउने सेवा सुविधाहरु हरेक नागरिकले समान गर्न समेत अनुरोध गर्नु भएको थियो ।

कलेज प्रमुख हरि प्रसाद न्यौपानेले रिङ्नेरहका पुस्तक वाचनालय ल्याउनु वडा कार्यलयको निती तथा कार्यक्रममा राख्न सुझाव दिनु भएको थियो ।

पूर्व जनप्रतिनिधि प्रेम नारायण पंगेनीले गाडि संचालन हुने बाटो हरु बाह्रै महिना संचालन हुने गरि स्तर उन्नति ध्यान दिनु पर्ने बताउनु भयो । पंगेनीले सहकारी हरुलाई थप व्यवस्थित गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा रिता न्यौपानेले योग अभ्यास , महिलाहरुको लागि उत्पादन मुखि तालिम , पिक्निक स्थल निर्माण लगायत व्यवस्थापन लगाएत कुरालाई निति तथा कार्यक्रममा समेट्नु पर्ने बताउनु भयो ।
सहभागि हरुले संग्रालय, होम स्टे , एक कक्षा कोठा एक शिक्षक , खानेपानि , विद्युत, सडक , पर्यटन, संचार, कृषि लगायत , खोला नियन्त्रण लगायत कुरामा निति तथा कार्यक्रमले समेट्नु पर्ने सहितको सुझाव व्यत्त गर्नु भएको थियो ।
निति तथा कार्यक्रम तर्जुमा गोष्ठि कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई सबैले दिएको सुझावलाई आफुले टिपोट गरेको बताउदै गाउँपालिकाको कार्यपालिकाको बैठकमा समेत आफुले यस विषयहरुमा प्रथमिकताका साथ कुराहरु राख्ने बताउनु भयो ।


प्रकाशित : २०७९ असार ८ गते २३:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology