पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्नेरहमा वडा कप सम्पन्न, भलिवलमा रोङ्ढ्ङ र डोरी तनाईमा तल्ला फाट विजयी ।

Kandara News
प्रकाशित : २०७९ असार १० गते २२:३९

पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्नेरहका वडा कप सम्पन्न, भलिवलमा रोङ्ढ्ङ र डोरी तनाईमा तल्ला फाट विजयी
पाल्पा पूर्वखोला
पाल्पा पूर्वखोला वडा नं. ३ रिङ्नेरह मा पूरुष भलिबल तथा डोरी तनाई खेल सम्मपन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा पूर्वखोला युवा क्लवको प्राविधिक सहयोगमा वडा कप सम्मन्न भएको हो । भलिबल खेलका रोङ्ढ्ङ प्रथम, भाल्कुन द्धितीय र अर्खलडाँडा तृतीय भएका थिए । भलिबल खेलका जम्मा ८ टिमको सहभागिता रहेको थियो । त्यस्तै डोरी तनाईमा तल्ला फाट प्रथम र बृत्ता बजार द्धितीय स्थान हासिल गरेको थियो । वडा कपको व्यानमिन्टन खेलमा विवेक न्यौपाने जिवु न्यौपानेको टिम प्रथम र झविन पल्ली र मन बहादुर सारुको टिम द्धितीय स्थान हासिल गर्न सफल हुनु भएको थियो ।


प्रकाशित : २०७९ असार १० गते २२:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology