पूर्वखोला गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न ; निति तथा कार्यक्रम विवरण सहित

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असार १० गते २३:४३

पूर्वखोला गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न भएको छ
गाउँसभा बाट २०७९÷८० को निति तथा कार्यक्रम पारित गरेको छ ।
पूर्वखोला गाउँपालिकाले करिव ४८ अरोड १७ लाख ७४ हजार बराबरको बजेटमा रहेर नीति तथा कार्यक्रम पारित गरेको छ ।
निति तथा कार्यक्र सकिय पछि कन्दरा न्यूज संग सक्षिप्त कुरा गदै पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले कृषि व्यवसायीकरणको लागि कृषि उपज संकलन केन्द्र तथा साप्ताहिक हाट बजार स्थापना र उपजललाई जोड दिने, जमले घाटमा ढुङ्गा कटिङ उद्योग संचालको लागि संभाव्यता अध्यन गरिने निति रहेको बताउनु भयो । अध्यक्ष थापाले पालिकामा रहेको एक मात्र गढिलाई प्राथमिकता दिइएर पर्यटक विकासमा जोड दिने बताउनु भयो । विद्यालय समायोजनलाई निरन्तरता दिदै कर्मचारी, इसिडि र निजिस्रोतको शिक्षकहरुलाई प्रोत्सान गरिने, मगर भाषा तथा लिपी संरक्षरण र सम्बद्र्धनका लागि पहल गरिने बताउनु भयो । थापाले कृषि ,शिक्षा, सडक , स्वास्थ्य ,पर्यटन, सहितको विकासको लागि पूर्वखोला गाउँपालिकाले निति तथा कार्यक्रममा समावेश गरेको बताउनु भयो । अध्यक्ष थापाले पुर्वखोला गाउँपालिकालाई ३ बर्ष भित्र १ घर १ धारा सहित पूर्ण सरसफाई यूक्त गाउँपालिका घोषण गरीने बताउनु भयो ।
कन्दरा न्यूज संग संक्षिप्त कुरा गदै पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले महिला स्वास्थ्य स्वयमसेविका हरुको घर परिवार स्वास्थ्य विमा निशुल्क गरिने,सुत्केरी तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिई सुत्केरी संग उपाध्यक्ष कार्यक्रमलाई व्यवस्थित गरिने निति तथा कार्यक्रममा समावेश गरेको बताउनु भयो । भट्टराईले महिलाहरुको आय आर्जनको लगि विभिन्न सिपहरुलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत मन बहादुर सारुले जिल्ला संग समन्वयन गरेर गाउँपालिका भित्र घुम्ति सेवालाई जोड दिने बताउनु भयो । सारुले जन प्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धी समयसापेक्ष तालिम अन्तरक्रिया मार्फत तालमेल कायम गरी स्थानीय सेवा प्रभावकारीतामा अभिबृद्धि गरिने बताउनु भयो ।
के छ पूर्वखोला गाउँपालिकाको निति तथा कार्यक्रममा ?
पालिका भित्र उत्पादन हुने कृषि तथा पशु जन्य बस्तुको प्रबर्दन गर्ने, कृषकलाई प्रोत्सान तथा सम्मान गर्ने , विभिन्न किसिमका फलफुल पकेट तथा ब्लक विस्तार गर्ने कृषि तथा पशु विकास निति रहेको छ । कृषि तथा पशु विकास नितिमानै साप्ताहिक कृषि हाट बजार तथा उपज संकलन केन्द्र स्थापना गरीने , ” आफ्नो गाउँ आफै वनाऔं , मिलिजुली बसौं सबै संगै रमाउ“ भन्ने नारालाई अवलम्वन गर्दै सामुहिक र व्यवसायिक कृषि तथा पशुपालनलाई जोड दिईने, मकै वालिको उत्पादन र उत्पादकत्व बढाउन पहल गरिने लगाएतको निति रहेको छ ।
पालिकामा रहेको सहकारीहरुलाई विकास र प्रबद्र्धन गर्दै सहककारी मार्फत गरीवी निवारण तथा आय आर्जनमा सहयोग पु¥याउने । खरको छाना विस्थापित कार्यक्रमलाई निरनतरता दिने लगाएतको निति तथा कार्यक्रम सहकारी तथा गरीबी निवारण समेटेको छ ।
निति तथा कार्यक्रमले रोजगार मुलक कार्यक्रलाई प्राथमिकता दिदै , पूराना सिपहरुको प्रर्वधन गरि स्थानिय कच्चा पदार्थमा आधारित सना तथा कुटिर उद्योग संञ्चालमा जोड दिईने छ । खानिहरुको सम्भावित क्षेत्रको उपयोगमा ल्याउन अध्यन गरि उत्खननमा जोड दिईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाले पूर्वखोलाले एतिहासिक र पर्यटकिय क्षेत्रको अान्तिरक पर्यटनको लागि भैतिक पूर्वाधारलाई प्राथकिता दिदै एतिहासिक गढि तथा धार्मिक पर्यटन क्षेत्रको विकासको संरक्षण गर्न विभिन्न कार्यक्रम ल्याईने रहेको छ ।
निति तथा कार्यक्रमले सामाजिक विकास शिक्षा तथा खेलकुद विकास अन्तरगत विद्यालय समायोजनलाई व्यवस्थित गरिने , नमुना विद्यालयमा जोड दिईने , अभिभावक विहिन बालबालिकाको पालिकाले अभिभमकत्व लिने , सुचना तथा प्रविधि शिक्षालाई प्राथमिकता साथ अगाडि बढाउने रहेको छ । शिक्षा तथा खेलकुद विकास अन्तरगतनै मगर भाषा तथा संरक्षण र सम्र्बधनका लागि कार्यक्रम संचालन गरिने । निजि शिक्षकको लागि विशेष अनुदानको व्यवस्था गर्ने , शिक्षक तथा विद्यार्थी छात्रावासको व्यवस्था गर्ने लगाएत निति तथा कार्यक्रममा समेटिएको छ ।
निति तथा कार्यक्रमले स्वास्थ्य तथा जनसंख्या सम्बन्धी धेरै पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । गाउँपालिकाले स्वास्थ्य विमाको कार्यक्रममा पालिका भित्र बाट नै उपचार गर्ने व्यवस्था गर्ने तथा पेषण गर्न परेको खण्डा त्यहि बाट व्यवस्था मिलाउने निति तथा कार्यक्रम रहेको छ । निति तथा कार्यक्रममा १० शैयाको थप अस्पताल स्थापना गर्ने , विभिन्न र्दिर्घरोगको लागि भत्ताको व्यवस्था गरिने , माध्यमिक विद्यालयमा स्टाफ नर्स को व्यवस्थापनलाई सुरुवात गर्ने, चेभुङ्गमा महिला स्वास्थ्य संयसेविका थप गर्ने , स्वास्थ्य संथाहरुको सेवा तथा भवनहरुलाई थप सेवाहरु थप्दै व्यवस्थित गर्दै लैजाने निति तथा कार्यक्रम रहेको छ ।
पालिकाले महिलाा तथा बालबालिका अन्तरगत प्रत्यक योजनाको काममा महिला सभागितालाई ५० प्रतिशत पु¥यान पहल गर्ने, पालिकामा संचालित क्लवहरुलाई सक्रिय बनाउन प्रोत्सान गरिने । विभिन्न सामाजिक सेवा प्रर्दायक गैर तथा सरकारी संथाहरुलाई अपाङ्ग मैत्रि गराउने, शारिरिक अपाङ्गता भएकाहरुका लागि विभिन्न साममाग्रिहरु सहयो गरिने लगाएतको रहेको छ ।
युवाहरुलाई आय आर्जनमा जोड दिदै विभिन्न खेलकुदमा सरिक बनाउने जेष्ठ नागरिक संग अन्तरक्रिया कार्यक्रम गर्ने , लगाएतको कार्यक्रलाई निति तथा कार्यक्रमले समेटेको छ ।
पालिकाले अबको ३ बर्ष भरीमा एक घर एक घारा पालिका घोषणको लागि पहल गर्ने , बाताबरण प्रदुषण न्यूनिकरण गर्न प्रोत्सान मुलक कार्यक्रम संचालन गर्ने , गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा आवश्यकतालाई निरन्तरता दिने, मोटर बाटोको किनारमा बृक्षारोपणलाई प्राथमिकता साथ अगाडि बढाउने लगाएतको कार्यक्रलाई निति तथा कार्यक्रममा समेटेको छ ।
पूर्वखोला गाउँपालिकाले पूर्वधार विकासको सडक निर्माण तर्फ गाउँपालिकाको केन्द्र सम्म जोडने बाटो र वडा कार्यलय बाट पालिकाको केन्द्र जोड्ने बर्गिकरणको आधारमा बाह्रै महिना सवारी साधन चल्ने सडकहरूलाइर् स्तरउन्ती गरिने, पूर्वखोला सडक गुरुयोजा अघि बढाईने, सडक मर्मत सम्भारकर्ता परिचालन गर्ने निति तथा कार्यक्रममा समेटेको छ ।
विद्युत तथा संचार अन्तरगत नेट सुविधालाई व्यवस्थित र प्रभावकारी बनाउन समन्वयन गर्ने, ०७९÷८० मा टुकिरहित गाउँपालिका घोषण गरिने, काठे पोल विस्थापन गर्न पहल गरिने निति तथा कार्यक्रमले समेटेको छ ।
कृषि उपज क्षेत्रमा सिचाई बाट बन्चित ठाउँहरुमा सिचाई व्यवस्थापन मिलाई उत्पादनमा थप बृद्धि गरिने ।
पूर्वखोला र लाम्दी खोलामा मोटरबेल पुल प्रदेश सरकार संग आवश्यक समन्वय गरिनेछ । गाउँपालिकाको भवन १ बर्ष भित्र सक्ने गरि २ करोड बजेट विनियोजित गरिएको छ ।
गाउँपालिकाले सुशासनको प्रत्याभुति हुने गरि विभिन्न कार्यक्रम तथा योजनाहरुलाई गाउँपालिकाको निति तथा कार्यक्रमले समेटेको छ ।


प्रकाशित : २०७९ असार १० गते २३:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology