रामपुर नगरपालिकाको बजेट ७२ करोड ४७ लाख ९५ हजार

रमा भण्डारी
प्रकाशित : २०७९ असार ११ गते १६:२९

रामपुर नगरपालिकाको बजेट ७२ करोड ४७ लाख ९५ हजार
आषाढ ११ रमा भण्डारी रामपुर पाल्पा
पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर एघारौं नगर सभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले २०७९ / ८०को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । रामपुर नगरपालिकाको शुक्रवार सम्पन्न नगर सभाले आगामी आर्थिक वर्षको लागि ७२ करोड, ४७ लाख ९५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।
नगर सभामा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक र आर्थिक बिधेयक ऎन प्रस्तुत गर्दै नगर उपप्रमुख बालकुमारी थापाले ७२ करोड ४७ लाख ९५ हजार रुपया रकम सार्वजनिक गर्नुभयो । जस अन्तर्गत संघ तर्फ ६० करोड ४४ लाख ६४ हजार, प्रदेश तर्फ ६ करोड ३ लाख ३१ हजार र आन्तरिक स्रोत ६ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
आर्थिक विकासमा ४ करोड ४५ लाख ७५ हजार ३ सय, सामाजिक विकासमा ७ करोड ३२ लाख ३० हजार ८ सय ५०, पूर्वाधार विकासमा ११ करोड १४ लाख, ३८ हजार २ सय ५०, विपद व्यवस्थापन तर्फ ९५ लाख ५१ ह्जार ८ सय ५० र सुशासन तथा प्रशासनिक खर्चमा ७ करोड ९५ लाख ९८ हजार ७ सय ५० विनियाजन गरेको छ । खर्च अन्तर्गत वडागत बजेट ५ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संशोधन सहित सर्वसहमतिले पारित गरेको छ । नयाँ योजना संगै पुराना योजनालाई नीति तथा कार्यक्रमले समेटेको छ ।
स्थानीय सरकारको महशुस हुने गरि यसै बर्ष र आगामी योजना मास्टर प्लान सहित सम्भाव्यताको खोजी गर्ने गरि नगरले कार्यक्रम ल्याएको छ ।


प्रकाशित : २०७९ असार ११ गते १६:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology