कतार मा बृहत सांस्कृतिक कार्यक्रम 2022 हुने

बिकास गैरे
प्रकाशित : २०७९ असार ११ गते १८:०३

दोहा – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपालको राष्ट्रिय पर्व ईदको अवसरमा बृहत्त सांस्कृतिक कार्यक्रम २०२२ गर्ने भएको छ ।

कतारमा रहेका यूवा तथा श्रमिकहरूको सह्योगार्थ आयोजित उक्त कार्यक्रम एसएसके ईभेन्ट म्यानेजमेन्टको प्रायोजनमा गर्न लागिएको कार्यक्रमका मिडिया संयोजक दिपजंग शाह ठकुरीले जानकारी दिएका छन ।

शुक्रबार साझ दोहा स्थित होटल गोकुलम पार्कको सभा हलमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय सनन्वय परिषदका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कार्यक्रम विसुद्ध मनोरञ्जनात्मक रहेको जानकारी दिएका छन ।

सम्बोधनकै क्रममा मुसलमानले “कतारमा श्रमिकहरु संगै, पारिवारिक बसाई, अध्यन, भिजिट, कुटनितिक, व्यवसाय लगायत विभिन्न उदेश्यले कतारमा रहेका यूवालाई समेटेर खेलकुद, सचेतना मूलक लगायत यूवा विभागले गर्ने विविध कार्यक्रम तथा कतारमा कोहि श्रमिक समस्या परेमा उनिहरूको सहयोगार्थ कार्यक्रम गर्न लागिएको हो ।”

एसएसके ईभेन्ट न्याजमेण्टको प्रायोजित कार्यक्रमलाई सम्बोधन गर्दै एसएसके ईभेन्ट म्यानेजमेन्टका को-फाउन्डर कृष्ण पन्थीले नेपालीहरूको महान चाड ईदको अवसरमा ईदको पहिलो दिन सम्भवत: आगामी १० जुलाई २०२२ का दिन अलअरब स्पोर्ट्स क्लब दोहामा कार्यक्रम हुने बताएका छन ।

कार्यक्रममा दर्शकको लागि कतारी रियाल ५०, ७५ र १०० को टिकट निर्धारण गरिएको पन्थीले बताए । साथै पन्थिले आफुहरुको पहिलो प्रयास भएको भन्दै सबैको साथ, सहयोग र सुझावको अपेक्षा व्यक्त गरे । पन्थिले भने “हामी नेपालमा दर्ता गरी वृहत् योजनाका साथ संसार भरका विभिन्न परियोजना तय गर्दै छौं, कतारमा पनि यसको प्रक्रिया शुरु गरिसकेका छौं । कानुनी प्रक्रिया पूरा गरेपछि हामी स्वयमले सचेतनामुलक लगायतका विविध कार्यक्रम आयोजना गर्नेछौं र यसमा यहाँहरूको सहयोगको अपेक्षा गर्दछौं ।”

 

सम्बोधनकै क्रममा मिडिया संयोजक शाहले कार्यक्रम सम्बन्धी कुनै पनि जानकारी आधिकारिक मात्र प्रकाशन प्रसारण गर्न आग्रह गर्दै भने, ” हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं र कुनै बाउण्डरी पनि लगाउँदैनौं तर आधिकारिक सुचना बाहेकका जानकारी प्रकाशन/प्रसारण भएमा आवस्यकता हेरी आयोजकले खण्डन गर्न सक्नेछ जस्का लागी स्वयं मिडिया हावस अथवा व्यक्ती जिम्मेवार रहनुपर्नेछ ।”

 

कतारमा रहेका यूवा तथा श्रमिकहरूको सहयोगार्थ गर्न लागिएको सांस्कृतिक कार्यक्रममा कलाकारहरु रचना रिमाल, रमेश राज भट्टराई, सागर लम्साल (बले), हरि प्रसाद निरौला (कक्रोज), अर्जुन सापकोटा, हरि गिरि(बिमशी), इन्द्र आर पि, फिरोज बस्नेत, अशोक सेवा, रुबिना अधिकारी, सबिता भुसाल, एलिसा बास्तोला, रेखा राई, एम जि मिथुन लगायतको प्रस्तुति रहने छ ।

 

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका सल्लाहकार करिम बक्स मिया, नेपाली जनसम्पर्क समिति कतारका सभापति तथा संघका सल्लाहकार मोहम्मद अजिज अलि, संघका प्रथम उपाध्यक्ष जैबी चाम्लिङ राई, टिकटक समाजका संयोजक श्याम पाण्डे लगायतले सम्बोधन गरेको थिए ।

एसएसकेका फाउण्डर सन्दिप भट्टराई, को-फाउण्डर सुरज कुवर, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रवक्ता एवं पत्रकार सन्तोष क्षत्री, टेकराज थापा, सावित्रा शर्मा, लक्ष्मी दर्नाल, राम रानापहेली लगायतका संचारकर्मी तथा टिकटकरहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सहजीकरण संघका महासचिव पदम गिरीले गरेका थिए ।


प्रकाशित : २०७९ असार ११ गते १८:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology