पूर्वखोलामा दोस्रो अध्यक्ष कप सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ असार १२ गते २२:३०

पूर्वखोलामा दोस्रो अध्यक्ष खेल सम्पन्न ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पूर्वखोला युवा तथा खेलकुद विककास समितिद्धारा आयोजित दोस्रो अध्यक्ष कप २०७९ को पालिका स्तरीय पूरुष खुल्ला भलिबल तथा व्यानमिन्टन खेल पूर्वखोलामा सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा भएको भलिवल खेलमा पूर्वखोला ४ देवीनगरले पूर्वखोला ६ हेक्लाङ्गलाई हराउदै पालिका कप जितेको छ भने हेक्लाङग द्धितीय स्थान भएको छ । भलिवल खेलमा पूर्वखोला १ सिलुवा तीतृय स्थान हासिल गरेको छ भने पूर्वखोला पूर्वखोला ५ वीरकोटले सान्तोना स्थान हासिल गरेको थियो । भलिबल खेलमा पालिका भरीको जम्मा ६ टिमको सहभागिता रहेको थियो । भलिबल खेल राष्ट्रिय रेफ्री अन्नत प्रसाद श्रेष्ठ र प्रदेश रेफ्री नुन बहादुर खासुले संचालन गर्नु भएको थियो ।
व्यानमिन्टन खेलमा भने पूर्वखोलाका विवेक न्यौपाने र गगां काम्मुको टिम प्रथम झविन पल्ली र दलु सिंजालीको टिम द्धितीय भएको थियो । तृतीय नविन आचार्य हस्तबहादुर थापा तथा सुबोध न्यौपाने र गम्बिर दुधराजको टिम भएका थिए ।
पालिका स्तरीय पूरुष खुल्ला भलिबल तथा व्यानमिन्टन खेल पूर्वखोलामा समापन खेलका मुख्य पाहुना पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस्ता किसिमका खेलले व्यक्तिमा शारीरिक मानसिक तन्दुस्त हुने बताउदै । खेलाडिहरुमा साथित्वको विकास हुने बताउनु भयो । भलिबल तथा व्यानमिन्टन खेलमा विजेता टिमलाई पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई , प्रमख प्रशासकीय अधिकृत मन बहादुर सारु लगायतले पुरस्कार वितण सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । भलिवल खेलमा प्रथम, द्धितीय, तृतीय र सान्तोना टिमलाई क्रमशः ६० हजार , ४० हजार , २० हजार र १० हजार पुरस्कार रहेको थियो । व्यानमिनटन तर्फ भने प्रथम, द्धितीय र तृतीय क्रमशः १५ हजनर , १० हजार र पाँच ÷ पाँच हजार पुरस्कार रहेको थियो , समापन कार्यक्रम पूर्वखोला युवा तथा खेलकुद विककास समितिका अध्यक्ष प्रेम बहादुर दिशुवाको अध्यक्षतामा विष्णु सारुको स्वागत मन्तव्य तथा नविन आर्चाको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ असार १२ गते २२:३०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology