माथागढीको कसेनीमा गुडिया र कुसन बनाउने तालिम सम्पन्न ।।

मायाँ बस्याल
प्रकाशित : २०७९ असार १२ गते २३:१७

असार १३ , माया बस्याल
माथागढी गाउँपालिकाको समन्वय र कसेनी सामुदायिक सिकाइ केन्द्र माथागढी ३ कसेनीको आयोजनामा २ दिने गुडिया र कुसन बनाउने तालिम सम्पन्न भएको छ।

कार्यक्रमको समापनमा बाेल्दै वडा नं ३ का वडा अध्यक्ष तेजबहादुर घर्ती मगरले हिजोका दिनमा भएका तालिम र अाज भाेलीका दिनमा हुने तालिमको प्रभावकारीता मुल्यांकन गरि व्यवसायीतामा जाेड दिने समूह समुदायलाई पालिका तथा वडाबाट पहिलो प्राथमिकतामा राखि याेजना ल्याइने साथै यस सामुदायीक सिकाई केन्द्र को उचित व्यवस्थापन को लागि जोड दिने साथै महिला आयआर्जन समुहहरुको लागि अन्य थुप्रै कार्यक्रम हरु आगामी आर्थिक वर्ष मा सन्चालन गर्ने अभिव्यक्तिलाई जाेड दिनु भएको थियो ।

कार्यक्रमका अवसरमा शुभकामना दिदै सरस्वती खनाल, तिल कुमारी पोख्रेल लगायत ले आफ्नो धारणा राख्नुभएको थियो ।
समापन कार्यक्रको अवसरमा खेमान सिं रानाले शुभकामना मन्तव्य सहित स्वास्थ्य नै धन हो भन्दै पलाष्टिक मुक्त गर्न मेसिन बाट दुना टपरी बनाउने तालिमको व्यवस्थापन पालिकाले आगामी दिनमा गनुपर्ने कुरा राख्नु भएको थियो ।

तालिममा सहभागी को तर्फबाट शोभा रानाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने र आयआर्जन मा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम को समापन गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद घिमिरेले आगामी दिनमा गाउँ पालिकाको सहयोग रहेको खन्डमा यस्ता अन्य थुप्रै तालिमहरु सञ्चालन गर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रम को सञ्चालन सस्थाका परिचालक रेखा काफ्ले ले गर्नुभएको थियो।


प्रकाशित : २०७९ असार १२ गते २३:१७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology