पूर्वखोला स्मार्ट सिटि परिकल्पना गर्दै विज्ञान प्रदर्शनीमा उद्धबुद्ध मा.वि प्रथम

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असार १३ गते २३:२२

पूर्वखोला गाउँपालिका शिक्षा शाखाको आयोजनामा विज्ञान प्रदर्शनी कार्यक्रम पूर्वखोला -४ देवीनगर मातृभुमी माद्यामिक विद्यालय लेमधेममा सम्पन्न भएको छ । आधारभूत तह र माद्यामिक तहको गरि पूर्वखोला पालिका भरी जम्मा १५ विद्यालय रहेको पूर्वखोलामा १२ विद्यालयको सहभागिता रहेको थियो ।
विज्ञान प्रदर्शनी कार्यक्रममा पूर्वखोला स्मार्ट सिटि प्ररिकल्पाना सहितको विज्ञान सामाग्री प्रदर्शन गरेको उद्धबुद्ध माध्यमिक विद्यालय पूर्वखोला -३ का विद्यार्थी प्रथम भएका छन । विज्ञान प्रदर्शनी प्रतियोगितामा शम्भु माद्यामिक विद्यालय पूर्वखोला -२ जल्पाका विद्यार्थी द्धितीय र जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला -१ सिलुवा का विद्यार्थी तृतीय स्थान हासिल गरेका छन ।

प्रतियोगितामा प्रत्यक विद्याल बाट ४ जना विद्यार्थीहरुले सहभागी रहेको थियो । कार्यक्रममा पूर्वखोला गाउँपालिका वडा न ४ वडा अध्यक्ष मेहेर सिं थापाले देवीनगर वडा रहेको मातृभुमी मा.वि. मा यो कार्यक्रम राखेकोमा खुसी व्यत्त गर्दै यस्ता क्रियाकलापले विज्ञान शिक्षण तथा सिकाईमा सहज हुने बताउनु भयो । थापाले यस्तो कार्यक्रम निरन्तरता दिनु पर्ने बताउदै विजेता तथा सहभागी टिमलाई बधाई सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पूर्व स्रोत व्यक्ती तथा मातृभुमी माध्यमिक विद्यालया वि.व्य.स अध्यक्ष टेक बहादुर खत्री , लोकहरी देवकोटा लगाएतले बधाई ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्ली राम ढुङाना को अध्यक्षतामा मातृभुमी मा.वि.का प्र.अ मेहेर मान थापाको स्वागत मन्तव्य र पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्रा.स . विक्रम बस्नेतको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ असार १३ गते २३:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology