जल्पामा मकै पकेट कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण

माधव पाण्डे
प्रकाशित : २०७९ असार १४ गते २२:२६

जल्पामा मकै पकेट कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना मकै पकेट कार्यक्रम व्यवसायीक कृषक÷ समुह सामग्री वितरण कार्यक्रम पूर्वखोला २ जल्पामा सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिकाको कृषि शाखाको सहयोग तथा जनसेवा स्वा.वि. बचत तथा ऋण सहकारी सस्था लि. पूर्वखोला २ जल्पाको आयोजनामा भएको हो ।
प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना बाट १२ लाख र युवा स्वरोजगार कार्यक्रम बाट ६ लाख गरि जम्मा १८ लाख बाट कृषि मकै पकेट कार्यक्रम अन्तरत ९ ओटा विद्युतिय मिल, २५ वटा ग्यास पलाटर, ६ वटा भि.अ.पि.२५० वटा हामोटी ज्याक, २४० वटा ईसपिङ्कल, १ वटा घाँस काट्ने मेसिन, २५ वटा मकै रोप्ने मेसिन, १६ वटा मकै छोडाउने मेसिन, १ वटा मकै सुकाउने मेसिन, ४ वटा टिनर वीलेट लाएतको कृषि सामाग्री खरिद गरी कृषकलाई वितरण गरीयको जनसेवा स्वा.वि. बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्षले बताउनु भयो । कृषि सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले मकैलाई पकेट क्षेत्र निर्माण गर्न पूर्वखोला लागि परेको र यस सहकारी र गाउँपालिकाको योजना अनुसार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ल्याउन सफल भएको बताउदै अध्यक्ष थापाले पुरातन शैलि रहेको कृषि प्राणिलाई आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायीकतामा जोड दिनु पर्ने बताउनु भयो । थापाले मकैले स्वास्थ्यको लागि समेत फाईदाहुने बताउदै मकैको उत्पादनमा गरेर आर्थिक उन्नती गर्न यस परियोजना बाट टेवा मिल्ने बताउनु भयो । अध्यक्ष थापाले असल जातको विउको लागी मकै रोप्ने बेलामा दाङ्, चितवन जाने पर्ने अवस्थालाई पूुर्वखोलाले रोक्ने बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईले मकै पकेट क्षेत्र बाट पूर्वखोलाका नागरीकको आर्थिक स्तरमा समेत टेवा पुग्ने बताउदै मकैकको व्यवसायिक उत्पाकत्वमा यस परियोजना बाट टेवा पुग्ने बताउनु भयो । भट्टराईले मकैको विउ तथा मकैकाट बन्य अन्य परिकारको उत्पादनमा पालिका, जिल्ला समेतको बजार धान्न सक्ने बताउउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष निर बहादुर सारुले हावापानि, माटो अनुसारको अध्यन गरी तरकारीको विभिन्न पकेट क्षेत्र विकासको लागि वडा लागि परेको बताउदै यस परियोजनाले मकैको उत्पाकत्वमा थप बृद्धिहुने बताउनु भयो ।
कार्यक्रममानै युवा स्वरोजगार अन्तरगत १ थान चपकट, ३ वटा झिनिया बनाउने मेसिन , सकुर्ला काठ चिर्ने मेसिन, ३ वटा ग्यान्डीरा मेसिन, १ वटा तार तान्ने भ्वाईस, २ वटा विद्युतिय ब्यल्ट,३ वटा काठ काट्ने मेसिन, ४ वटा रण्डा मेसिन, १ वटा पिठो मुस्ने मेसिन , १ वटा डि फ्रिज, १ वटा कसटानि पिसानी मिल, २५ वटा बङ्गर पाठापाठि र १ वटा प्रोजेक्टर वितरण गरिएको युवा स्वरोजगार कार्यक्रम अध्यक्ष रन विर बरालले जानककारी गराउनु भयो ।
कार्यक्रममा वडा सदस्य भिम बहादुर जर्घा, वडा सचिब भोज बहादुर राना लगायतले परियोजनाले कृषकहरुलाई थप टेवा सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रम चित्र कुवरको अध्यक्षतामा बेद प्रसाद बस्यालको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ असार १४ गते २२:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology