उद्बुद्ध कलेजका विद्यार्थीले गरे धान खेती ।।

Kandara News
प्रकाशित : २०७९ असार २० गते २२:१३

उद्बुद्ध कलेजका विद्यार्थीले गरे धान खेती
उद्बुद्ध कलेज विद्यार्थी आयआर्जन धान रोपाई कार्यक्रम पूर्वखोला ३ तल्ला फाटमा धान रोपेर सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक संयोगमा उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थीको आयोजनामा धान रोपाई भएको हो । धानको महत्वको बारेका पूर्वखोला गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कंडेल र पूर्वखोला गाउँपालिका उद्बुद्ध मा.वि कृषि शिक्षक शालिकग्राम पाण्डेले धान खेती सम्बन्धि तालिम प्रधान गर्नु भएको थियो । यो कार्यक्रम बाट धान खेतीमा मात्र सिमित नभएर हिउँदे बालिको समेत सुरुवात हुने उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनका सभापति नविन आचार्यले बताउनु भयो । आचार्यले झण्डै १५–२० रोपनि क्षेत्रफलमा धान खेती सुरुवात गरेको बताउदै पढ्दै आयआर्जनमा बढाउन यो कार्यक्रम गरेको बताउनु भयो । कलेजमा अध्यनरत विद्यार्थीहरुको उपस्थिमा भएको कार्यक्रम नियमित विद्यालय उपस्थिती हुनेहरु धान खेतीमा उपस्थित भएका थिए । धान रोपाई कार्यक्रममा उद्बुद्ध कलेज कलेज प्रमुख हरि प्रसाद न्यौपाने विद्यार्थीहरुको यो कार्यक्रम देखेर खुसि भएको बताउनु भयो । कलेज कलेज विद्यार्थीले धानरोपेको स्थानमा गैई विद्यार्थीको कार्यक्रममा सामेल हुनुभएको थियो ।


प्रकाशित : २०७९ असार २० गते २२:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology