पूर्वखोलाको ११ औं गाउँसभा सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ असार २५ गते ७:३४

शिक्षा, स्वस्थ्य, सडक ,कृषि ,पर्यटन सहितको पुर्वधार पुर्वखोला विकासको आधार भन्ने नारा सहित पूर्वखोला गाउँपालिका पुर्वखोला पाल्पाले ११ औं अधिवेशनको सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ। पुर्वखोला गाउँपलिकाका पालिका अध्यक्ष नुन बहादुर थपाले यस आर्थिक वर्षमा गाउँपालिकालाई मुख्यत ३ ओटा कार्यक्रमहरु प्राथमिकताको केन्द्रमा राख्दै काम गर्ने बताउनु भयो। जसमा गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा Covid 19 विरुद्धको खोपको कार्यक्रम अधुरै रहेकोले सबै उमेर समुहलाई खोपमा पुर्णता दिने ,तेस्तै गाउँपलिका जोड्ने विशेष गरि ४ वटा मोटरबाटोलाई स्तर उन्नति गरि गाउँपलिकाको पहुँच मार्ग बनाउने र समृद्धि पुर्वखोला सुखी पुर्वखोला बनाउन रणनीतिक मार्ग चित्र कोर्ने बताउनु भयो। कार्यक्रममा अध्यक्ष थापाले शिक्षा, स्वास्थ, कृषिमा आत्मनिर्भरता र पर्यटन जस्ता अधुरै रहेका कार्यक्रमहरुलाई समेत यस वर्ष समेट्दै पुर्णता दिनेमा जोड दिनु भयो। थापाले विद्यालय समायोजनलाई अन्तिम रुप दिन समेत गाउँपालिका लागिपर्ने बताउनु भयो । गाउँपालिकाको ११ औं अधिवेशनको सार्वजनिक कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले पुर्वखोलामा रहेका सम्भावनाहरुलाई बजेटले समेटेको बताउदै यस्लाई सबैले सहि तरिकाले कार्यन्वन गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा बोल्दै भट्टराईले यस वर्षको बजेटले सबै बस्तिस्तरका जनतालाई समेट्न प्रयास गरियको बताउनु भयो ।

गाउँसभाको सार्वजनिक गर्दै प्रवक्ता तथा देवीनगर वडा अध्यक्ष मेहेर सिं थापाले गाउँपालिकले ११ औं अधिवेशन बाट गाउँपालिकाको लोगो पारित गर्न सकेको बताउनु भयो । प्रवक्ता थापाले गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पौष सम्मको करार सम्झौता थप भएको , विभिन्न विकास निर्माण को काम हरुको योजना हरु छनोट गरि काम पूरा गर्ने किसिम बाट योजना छुट्याइएको बताउनु भयो । प्रस्तावित लोगो स्रोत : गाउँपालिक प्रवक्ता फेसबुक
कार्यक्रममा पाल्पा जिल्ला समन्वय समिती रितमान श्रेष्ठले गाउँपालिकाले विनियोजन गरेको योजना हरु समयमै सक्ने गरि योजना बनाएर अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्वखोला गाउँपलिका नेकपा एमालेका पार्टी अध्यक्ष जीवन आचार्यले बजेटले गाउँपलिकाको कार्यक्रमले दुर दृस्टी कायम रख्ने गरि हाम्रालाई हैन समग्र जनताको घर दैलोमा पहुँच पुग्नेगरी बजेट बिनियोजित गर्नु पर्ने भन्दै बजेटको कार्यन्वयन पक्षमा सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीको स्पिड द्रुत रुपमा हुनुपर्ने बताउनु भयो। आचार्यले पुर्वखोला नियन्त्रण , विद्यालय समायोजन अर्को अधिवेशन सम्म सक्ने गरि लाग्न सल्ला दिनु भएको थियो । नेपाली काङ्ग्रेस पुर्वखोला गाउँ पालिका सभापति विस्नु आचर्यले योजनाका काम अनुगमन लाई व्यवस्थित गराउनु पर्ने , योजनाले यो त्यो न भनिकन सबै जनतालाई समेट्ने गरि योजना बनाउन आग्र गर्नु भएको थियो । नेकपा माओवादी केन्द्रका नेता भिम बहादुर सारुले जनताको मन जित्ने गरि काम गर्न सुझाव दिनु भएको थियो । कार्यक्रमा गाउँसभाका सदस्यहरु , राजनैतिक दलका प्रतिनिधिहरु , नागरिक समाजका अगुवा हरु लगाएतको उपस्थित रहेको थियो । कार्यक्रम गाउँपालिका प्रशासकीय अधिकृत मान बहादुर सारुले को संचालनमा पालिका अध्यक्ष नुन बहादुर थापको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७९ असार २५ गते ७:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology