नेकपा एमालेको पूर्वखोला पालिका कमिटीको विस्तारित बैठक सम्पन ।

Kandara News
प्रकाशित : २०७९ साउन १५ गते ६:५३

पाल्पा , पूर्वखोला
पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा बसेको बैठकमा प्रत्यक वडाका वडा अध्यक्ष , वडाका एमाले अध्यक्षहरु , विभिन्न भातृसंगठनका अध्यक्षहरु , एमाले पालिका कमिटी सदयहरु, लगाएतको उपस्थित भएको कार्यक्रमको प्रमुख अथितिथी लुम्बिनी प्रदेश कमिटीका सदस्य ईश्वरी प्रसाद न्यौपाने मुख्य पाहुना रहनु भएको थियो मुख्य पाहुना न्यौपानेले हरेक बिकासका काम र क्रियाकलापहरुमा जन प्रतिनिधि र पार्टीका कार्यकर्ता बिच नङ र मासुको जस्तै सम्बन्ध राखी सबै वडामा सबैले जिम्मेवारी ब्याक्तिहरुले पाटीलाई राम्रोसँग केलाउदै अगाडि बढानु पर्ने कुरामा जोड दिनु भयो ।
जिल्ला क्षेत्र १ का अध्यक्ष विमल काफ्लेले पूर्वखोला गाउँ पालिका हरेक कुरामा सहज रुपमा राम्रो हुँदै गएकोले अरु पालिकाले पनि यस पालिकाको कार्य विधि हेर्दै अगाडि बढेको कुरा गर्नु भयो ।

जिल्ला कमिटीका उपाध्यक्ष देबिलाल लामीछानेले स्थानीय तहको चुनाबमा ८१ वटा स्थानीय तहमा ४१ वटामा नेकपा एमालेले बिजय गरेको ७७ वटा जिल्लामा सबै भन्दा राम्रो पाल्पा जिल्ला रहेको बताउनु भयो ।पाल्पा जिल्लाको स्थानीय तहमा पनि निस्दी र पूर्वखोला नेकपा एमालेको क्लिनस्विईप गर्न सकेको बताउदै यस पालिकालाई जिल्लामै अरु स्थानिय तहले भन्दा राम्रो काम गर्नुपर्ने बताउनु भयो । जिल्ला कमिटी सद्स्य तथा पूर्वखोला पालिका इन्चार्ज नुन बहादुर थापा , जिल्ला कमिटी सद्स्य भागीरथि भट्टराई , खेम सारु लगायतका ब्याक्तिहरुले छलफलमा मन्तव्य राख्नु भयोको थियो ।
बैठकमा वडाका रिपोर्टिङ प्रत्येक वडाका पाटीका १ देखि ६ सम्मका पाटी अध्यक्ष ले रिपोर्टिङ गर्नुभयो । बैठकमा आर्थिक बर्षभित्रक‍‍ो समीक्षा , प्रत्येक वडामा वडा संगठनको भेला , पार्टिको नबिकरण र अब पार्टी लाई कसरी लैजाने र कसरी जाने भन्ने कुरामा छलफल भयो
पालिका कमिटीका सचिब टि बी थापाको संचालन र उपाध्यक्ष मन बहादुर सारुको स्वागत मनतब्य बाट शुरु भएकोे बैठक अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०७९ साउन १५ गते ६:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology