पाल्पाली गायक दामोदर बस्याल को तिज गित सार्वजनिक ।

जनकराज भट्टराई
प्रकाशित : २०७९ साउन १५ गते १७:५६

पाल्पाली गायक दामोदर बस्याल को तिज गित सार्वजनिक
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज को अवसरमा विभिन्न तिज गीति सङ्ग्रह बजार आउने यो भिड्भाड बिल्कुलै नयाँ ,महिला हरू को बेदना र यथार्थता मा आधारित तिज गित “ठुली नहोउ मोयालु ´ ´सार्वजनिक भएको छ ।महिलाहरुको महान पर्व हरितालिका तिज आउन अब करिव एक महिना दिन बाँकी छ । केहि वर्ष यता तिज पर्वका अबसरका लगातार गीतहरु सार्वजनिक गर्दै आएका पाल्पाली कलाकार ले यसवर्ष पनि नयाँ तिज गीत ल्याएका हुन् । परम्परा देखि नै तिज को अवसर मा महिला दिदिबहिनी हरू गितको माध्यम बाट आफ्ना दु:ख र वेदना समाज मा प्रस्तुत गर्ने गर्दछन । गायक दामोदर बस्याल र तै माया थापाको स्वर रहेको गीतमा लय र शब्द गायक दामोदर बस्याल को रहेका छ । शंकर बि सि को निर्देशन र शंकर बि सि र ,टीका जैशी को अभिनय रहेको गित ले महिला हरू मा रहेको सामाजिक विभेद लाई गित को प्रस्तुत गरेको छ । गित दामोदर बस्याल को आफनै युट्युव च्यानलबाट बजारमा आएको हो ।


प्रकाशित : २०७९ साउन १५ गते १७:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology