शैक्षिकसत्र शुरु भएको ३ महिना हुँदा समेत पुगेन पाठ्यपुस्तक ।

Kandara News
प्रकाशित : २०७९ साउन १८ गते १९:४७

शैक्षिकसत्र शुरु भएको ३ महिना हुँदा समेत पुगेन पाठ्यपुस्तक ।
पाल्पा
शैक्षिक सत्र चलेको ३ महिना हुँदा समेत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
पाल्पाको अधिकांश विद्यालयहरुमा अहिले विद्यार्थीले पुरै पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन् । यस बर्ष शैक्षिक सत्र जेठ बाट सुरु भएको थियो । श्रावण १५ सम्ममा पनि विद्यालयमा अध्यनरत विद्यार्थीको हातमा किताब नपुगेको पूर्वखोलाका एक शिक्षकले बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई पुस्तक पसलले किताब उपलब्ध गराउन नसकेको बताउनु भयो । पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले गृहकार्य गर्न समेत समस्या परेको र अघिल्लो शैक्षिकसत्रका पूराना किताब मार्फत सहजीकरण गर्नुपर्ने बाध्यता रहेको छ । कक्षा ९ , ७ र ४ मा यस शैक्षिकसत्र देखि नयाँ पाठ्यक्रम सहितको पाठ्यपुस्तक लागू भएको हुँदा विद्यार्थीलाई सबै किताब उपलब्ध नभएको कारण सिकाईमा समस्या भएको बताउनु भयो ।
कक्षा ७ मा पठ्ने एक विद्यार्थीले पालो पालो गरेर किताब ल्याउने गरेको जस्ले गर्दा नियमित गृहकार्य गर्न असहज भएको बताए ।
पुस्तकपसलले भने आवस्यक संख्याअनुसारको पाठ्पुस्तक केन्द्रबाटनै प्राप्त नभएकाले उपलब्ध गराउन नसकेको बताउछन् ।


प्रकाशित : २०७९ साउन १८ गते १९:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology