माद्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सरस्वती मा.वि. मा सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ साउन १९ गते १९:५६

पाल्पा , पूर्वखोला
गुणस्तरीय शिक्षाका लागि विद्यालयको भूमिका” शीर्षकमा पूर्वखोला २ जल्पा खैरेनी सरस्वती माविमा माद्यामिक तह स्तरीय वक्तृत्व कला प्रतियोगीता सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आयोजनामा पूर्वखोला गाउँपालिका भित्रका ७ वटा माद्यामिक विद्यालयको विद्यार्थीको सहभागी रहेको वक्तृत्व कला प्रतियोगीतामा सरस्वती मा.वि खैरेनीमा विद्यार्थी आयुसा न्यौपने (कक्षा १०) प्रथम भएकि छन् । मातृभुमि माद्ययमिक विद्यालयका विद्यार्थी मौनता खत्री (कक्षा ९) द्धितीय र गणपति माध्यमिक विद्यालयका विद्यार्थी प्रेणना श्रेष्ठ तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले पूर्वखोलामा विद्यार्थीहरुलाई एउटै किसिमको बातावरणमा शिक्षणा दिने उद्देशय अनुसार गाउँपालिका अघि बढेको बताउदै वक्तृत्व कला प्रतियोगीताले बोल्ने बानिको विकास हुने र आफुले भन्न खोजेको कुरा निर्धक्क संग राख्न सकिने बताउदै प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सहभागी विद्यार्थीलाई थप प्रग्रतिसहितको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर सारुले यस्ता प्रतियोगीताले विद्यार्थीमा थप सृर्जनशिल हुने बताउदै प्रतियोगितामा सभागि सम्पूर्णलाई बधाई सहित प्रगतिको कामना व्यक्त गर्नु भएको थियो ।

वक्तृत्व कला प्रतियोगीतामा हरि प्रसाद न्यौपाने कृष्ण पंगेनी र संगिता डोटेल निर्णयक मण्डलको रुपमा रहनु भएको थियो । कार्यक्रम सरस्वती मा.वि का प्रध्यानाध्यापक रमेश चन्द्र न्यौपानेको स्वागत पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्र.स. विक्रम बस्नेतको संचालन र पूर्वखोला गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत मान बहादुर सारुको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७९ साउन १९ गते १९:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology