पाल्पामा एमाले बलियो ।तोड्ला त गठबन्धनले ?

Kandara News
प्रकाशित : २०७९ साउन २२ गते २३:४०

पाल्पा
नेपाल सरकारले मंसिर ४ गते प्रदेश र केन्द्रको चुनाब घोषणा संगै कस्ले टिकट पाउने र कस्को काहाँ स्थान सुरक्षित छ भन्ने विश्लेषण गर्न थालिएको छ । पाल्पा संघीय २ निर्वाचन क्षेत्र रहेको छ । भने प्रदेशमा ४ निर्वाचन क्षेत्र रहेको छ । पाल्पाको २०७४ सालको निर्वाचनमा बाम गठबन्धनले पूरै सिटमा निर्वाचित भएको थियो । निर्वचित मध्य केन्द्र साम्सद क्षेत्र न १ बाट बिजयी दल बहादुर राना एमालेमै हुनुहुन्छ भने , नेकपा एमाले बाटै विजयी हुनुभएका पाल्पा क्षेत्र न.२ बाट सोम प्रसाद पाण्डे अहिले एमाले विभावजन पछि एकीकृत समाजवादीमा े हुनुहुन्छ । भने प्रदेश सामसद प्रत्यक्ष निर्वाचित मध्य तुलाराम घर्ती मगर ९ वसन्त ० बाहेक अरु एमालेमै रहनु भएको छ । घर्ती मगर भने माओवादी केन्द्रमै हुनुहुन्छ । अबको मंसिर ४ गते हुने निर्वाचनामा एमाले एक्लै र गठबन्धन ५ दल विच को प्रतिस्पर्धा नै हुने देखिन्छ । पाल्पा क्षेत्र न १ एमालेको पकड क्षेत्र रुपमा चिनिदै आएको छ । अहि बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको वडाको मतको आधारमा चुनावी नतिजा विश्लेषण यस्तो रहेको छ ।
पाल्पा क्षेत्र न १
पाल्पा क्षेत्र न १ अन्तरगत तिनाउँ गाउँपालिकाको २ नम्बर वडा , तानसेन नगरपालिकाको ८ नम्बर वडा, माथागढी १ वाहेक सवै वडा , पूर्वखोला गाउँपालिका , रम्भा गाउँपालिका , निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको सबै वडा हरु पर्दछन् । पाल्पा क्षेत्र न १ मा नेकपा एमाले अन्य पार्टी भन्दा निकै बलियो देखिन्छ । पाल्पा क्षेत्र न १ मा एमालेलाई गठबन्धन सबै मिल्दा पनि हराउन मुस्किलै पर्ला भन्दा फरक नपर्ला । पाल्पा क्षेत्र न १ मा बैशाख ३० गते भएको स्थानीय तहको चुनाबको वडा अध्यक्षहरुले पाएको मतको आधारमा एमालेको मत ३४ हजार ७ सय ६२ रहेको छ । गठबन्ध अन्तरगत नेपाली काँग्रेसको मत २७ हजार १ सय पचास मत , हैसा हतौडा १ हजर ३ सय ३९ मत , जसपा २ मत , गिलास ४२ गरि जम्मा २८ हजार ५ सय ३३ रहेको छ । पाल्पा क्षेत्र नं. १ मा गठबन्धन भन्दा एमालेको मत ६ हजार २ सय २९ ले बढि रहेको छ । एमालेले पाल्पा क्षेत्र न १ मा एक्लाएलै चुनावी प्रतिस्पर्धा गर्दा र गठबन्ध बाट गर्दा पनि एमालेले एकल बहुमत ल्याउने देखिन्छ । पाल्पा क्षेत्र न १ मा अन्य दलको मत १ हजार ७५ रहेको छ । भने स्थानीय तहमा स्वतन्त्र रुपमा वडा अध्यक्ष उठेकाको मत ६ रहेको थियो । यसरी हेर्दा पाल्पा क्षेत्र न एमालेको जित सुनिश्चित देखिन्छ ।

पाल्पा क्षेत्र न २
पाल्पा क्षेत्र न २ अन्तरगत माथागढी गाउँपालिकाको १ नम्बर वडा , तानसेन ८ बाहेक सबै वडा , तिनाउँ २ बाहेक सबै वडा , बग्नासकाली गाउँपालिका , रैन्दादेवी छहरा गाउँपालिका र रिब्दीकोट गाउँपालीकाको सवै वडाहरु पाल्पा क्षेत्र न २ मा पर्दछन पाल्पा क्षेत्र न २ मा वडा तहमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा विश्लेषण गर्दा सबै भन्दा ठूलो दलको रुपामा नेकपा एमाले नै रहेको छ । एमालेको ३० हजार ५ सय ६५ रहेको छ । गठबन्धन घटकको ठूलो दल नेपाली काँग्रेसको २९ हजार ४ सय ४ रहेको छ । अन्य घटक हरुमा नेकपा एसको ४३३ माओवादि केन्द्रको ४ हजार १ सय ३८ र गिलासको ८८४ गरि गठबन्धनको ३४ हजार ८ सय ५९ रहेको छ । यो नेकपा एमालेको भन्दा ४ हजार २ सय ९४ धेरै हो । पाल्पा क्षेत्र न २ मा स्थानीय तको वडाको नतिजालाई हेर्दा अन्य साना दलको १ हजार ७ सय १४ रहेको छ भने स्वतन्त्रको ८ सय २९ रहेको छ ।

को को प्रतिस्पर्धा गर्लान त केन्द्रिय चुनाव अन्तरगर प्रत्यक्ष रुपमा कस्लाई देला टिकट पाल्पा क्षेत्र न १ मा ?

एमाले बाट दल बहादुर राना , राधाकृष्ण कडेल र नारायण आचार्यको चर्चा रहेको छ । राना २०७४ सालको संघिय साम्सद हुनुहुन्छ । राना नेकपा एमालेको केन्द्रिय पोल्युटव्युरो सदस्य एवम् नेकपा एमाले लुम्बिनी प्रदेश सह इन्चार्ज हुनुहुन्छ । कडेल संम्बिधान सभा सदस्यमा पाल्पा क्षेत्र न १ बाट चुनाब जितेको सम्बिधान सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ । आचार्य लुम्बिनी प्रदेश सामसद तथा पाल्पा जिल्ला निवर्तमान पार्टी अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै पाल्पा क्षेत्र न १ को गठबन्धन बाट नेपाली काग्रेसको देवराज ढकाल र ज्ञान बहादुर गाहा तथा नेकपा एस बाट लेखनाथ पोखरेलको चर्चा सुनिन्छ । ढकाल नेपाली काँग्रेसको निवर्तमान जिल्ला उपसभापति हुनुहुन्छ भने गाहा बर्तमन पार्टी उपसभापति हुनुहुन्छ ।

क कस्ले पाउलान् त पाल्पा क्षेत्र न २ प्रत्यक्ष चुनावमा टिकट ?
पाल्पा क्षेत्र न २ मा एमाले बाट ठाकुर गैह्रे उम्मेद्बाको बलियो दावेदार हुनुहुन्छ । गैह्रे नेकपा एमाले पोल्युट्व्युरो सदस्य एवम् नेकपा एमाले पाल्पा जिल्ला ईन्चार्ज हुनुहुन्छ । त्यस्तै गठबन्धन बाट नेकपा एसको सोमप्रसाद पाण्डेको सम्भावना बढी रहेको छ पाण्डे २०७४ सालको चुनावमा पाल्पा क्षेत्र न २ बाट विजेता साम्सद हुनुहुन्छ ।
त्यस्तै गठबंधन बाट नेपाली कांग्रेसका पूराना नेता हरि नेपाल , निवर्तमान पार्टी सभापती वीर बहादुर राना र बर्तमन पार्टी सभापती हिमाल दत्त श्रेष्ठको पनि चर्चा रहेको छ ।
नेकपा माओवादी केन्द्रको बाट भने तुलाम घर्ती मगर ९ वसन्त० को चर्चा रहेको छ । घर्ती मगर लुम्बिनी प्रदेश साम्सद तथा मओवादी केन्द्र को केन्द्रिय सद्स्य समेत हुनुहुन्छ। पाल्पा क्षेत्र न २ बाट स्वतन्त्ररुपा उपेन्द्र गैह्रेले उम्मेद्बारी दिने घोषणा गरिसक्नु भएको छ ।

केही गुनासा तथा सल्ला सुझाव भए [email protected] दिन सक्नु हुनेछ


प्रकाशित : २०७९ साउन २२ गते २३:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology