सराईमा निकालियो गाईजात्राको झाँकी

माया बस्याल
प्रकाशित : २०७९ साउन २७ गते २१:३२

साउन २७,कसेनी,पाल्पा
माथागढी गाउँपालिका वडा नं., कसेनीकाे नेवा समूह गुठीले नेवारी समुदायको विशेष पर्व गाईजात्रा परम्परागत झाँकी सहित मनाएकाे छ।
गुठीका अध्यक्ष राम बहादुर श्रेष्ठका अनुसार हरेक वर्ष जस्तै याे वर्ष पनि गाईजात्रा पर्व मनाइएको हाे । गाईजात्राको झाँकी टोली सराईमा रहेको भिमसेन मन्दिरबाट सुरु भएर सराई खहरे बजार परिक्रमा गरिएको थियो । नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ।
नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ।

गाईजात्रा नेवार समुदायको ठुलो पर्व हो, जसमा पितृहरुको सम्झनामा गाई र जोगीका साथ सडकमा जुलुस निकालेर प्रदर्शन गर्ने गरिन्छ । आफ्नो घरमा कुनै आफन्तको मृत्यु भएको एक वर्षको अवधिमा रङ्गी विरङ्गी र अनौठा पोशाक लगाएर जात्रा निकाल्ने गरिन्छ । यो पर्व नेपालमा विभिन्न किसिमले मनाइन्छ । मिलीमिली चोलो,जामा, पेरुङ्गे टोपी, मल्लर, सेतो पटुका धाराण गरेका मानिसहरु साथमा बाजागाजा घन्काउँदै टोल सहर घुम्छन् ।


प्रकाशित : २०७९ साउन २७ गते २१:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology