दिव्य ज्योति माद्यामिक विद्यालयमा प्ले गुरुप तथा प्राथमिक उपचार कक्षको शुभारम्भ ।

मायाँ बस्याल
प्रकाशित : २०७९ साउन ३१ गते १८:५१

साउन ३१ माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीकाे दिव्य ज्योति माध्यमिक बिद्यालय मा सञ्चालन भएको मण्यश्वरी प्ले गुरुप तथा प्राथमिक उपचार कक्षकाे शुभारम्भ कार्यक्रमकाे उद्घान लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद अाचार्यबाट भएको छ ।

उद्घाटन समारोहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि एबम् लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद अाचार्यले शैक्षिक गुणस्तर सुधारमा विद्यालय परिवार सबैको भूमिका बराबर हुने जिम्मेवारी पनि हुने हुदा समुह समिति पद तथा शिक्षक विद्यार्थी सबैले मिहिनेत गरेमा माडी क्षेत्रकै नमुना तथा सबैभन्दा बढी विद्यार्थी हुने विद्यालय भएको कारण माथिल्लो निकायबाट गर्नुपर्ने सहयोग माथिल्लो निकायले गर्ने तथा तल्लो निकाय स्थानीय तहले गर्नुपर्ने सहयोगमा पहिलाे प्राथमिकतामा राखेर याे विद्यालय नमुना बनाउनु पर्ने सुरुवातकाे याे अभ्यासले विद्यालयकाे चाैतर्फि बिकास हुने बताउदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक लाेकेन्द्र थापाले विद्यालय नमुना बनाउने प्रक्रियामा रहेको नेपाल सरकार बाट अाएकाे सहयोग लाई स्थानीय तह मार्फत कार्यान्वयन चरणमा पहिलाे कार्यक्रम याे ३ वटा क्षेत्र निर्माण कार्यमा पूर्णता पाएकाे साथै याे कार्य सम्पन्न गर्नका लागि ५० लाख रुपैयाँ बजेट अाएकाे उक्त बजेटबाट मण्टेश्वरी प्ले गुरुप प्राथमिक उपचार कक्ष निर्माण कार्य सम्पन्न गरि अाज बाटै उद्घाटन सहित शुभारम्भ गरिएको साथै अहिले मण्टेश्वरी कक्षामा पहिलो चरणमै भर्ना हुने मात्रै ३० जना भन्दा बढी बालबालिका अाएकाे मा स्थानीय अभिभावकलाई विशेष धन्यवाद समेत दिनु भएको थियो यसरी विद्यालयलाई नमुना बनाउने अभियानमा सबै एकजुट भएर अगाडि बढेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा सेवानिवृत्त शिक्षक नारायण प्रसाद अधिकारी , नेपाल परिवार नियाेजन संघका प्रमुख साेभाकान्त न्याैपाने , कान्तिपुर समाचारका उपसम्पादक माधव अर्याल , पूर्व अध्यक्ष एवम् बुद्धिजीवी खेमान सिं राना , तानसेन नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष राजेशकुमार अर्याल लगाएतले विद्यालयकाे प्रगति उपलब्धिकाे कामना सहित शुभकामना दिनु भएको थियो ।
कार्यक्रम कै अवसरमा नेपाल परिवार नियाेजन संघका प्रमुख साेभाकान्त न्याैपानेले प्राथमिक उपचार कक्षमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता सहित ३ बुदें सम्झौता पत्रमा हस्ताक्षर गरि व्यवस्थापन समिति अध्यक्ष रेखिराम राना तथा निमित्त प्र अ लाेकेन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा अभिभावक , शिक्षक , विद्यार्थी ,नेपाल परिवार नियाेजन संघ पत्रकार विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ सम्पूर्णकाे उपस्थिति रहेको कार्यक्रम विद्यालयका शिक्षक सीता श्रेष्ठकाे सञ्चालन तथा कार्यक्रमकाे उद्देश्य माथि प्रकाश निमित्त प्रअ लाेकेन्द्र थापाले पार्नु भएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिखिराम रानाको अध्यक्षतामा कार्यक्रम सञ्चालन एबम् सम्पन्न भएको हाे ।


प्रकाशित : २०७९ साउन ३१ गते १८:५१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology