पूर्वखाेला गाउपालिकामा युवासंघका सदस्य र युवाहरुलाइ प्रशिक्षण कार्यक्रम सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०७९ भदौ ४ गते १८:३८

पूर्वखाेला गाउपालिकामा युवासंघका सदस्य र युवाहरुलाइ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय युवासंघ नेपाल पुर्वखाेला गाउपालिकाकाे अायाेजनामा संचालन भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य नारायण अाचार्यले युवा देशका मुल मेरुदण्ड हाे । त्यसैले देश विकासमा युवाको भुमिका महत्त्वपूर्ण हुने हुदा अाफुसंग भएका सीप ज्ञान सहि तरिकाले प्रयोग गर्नु पर्ने र केन्द्र प्रदेश स्थानीय सरकारमा हुने ढिला सुस्ति भ्रष्टाचार महंगिकाे बारेमा चिरफार गरि नेतृत्व तहलाई खबरदारी गर्नु पर्ने बताउनुभयो ।

नेकपा एमाले क्षेत्र नम्बर १ का अध्यक्ष विमल काफ्लेले नेकपा एमाले पाटि र युवासंघ के हाे । युवासंघकाे काम कर्तव्य अधिकार के के हुन्छ । पाटिलाइ ठिक ढंगबाट अगाडि बढ्न र युवा नेतृत्वमा अगाडि अाउन साथै मंसिरमा हुने संघ र प्रदेश चुनावमा सक्रियताका साथ लागि चुनाव जिताउन अाग्रह गर्नु भयो ।
पुर्वखाेला पाटिका इन्चार्ज तथा गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउपालिकाले युवा क्षेत्रमा गरेका काम र पुर्वखाेलाकाे विकासमा गरेका काम र विकास क्षेत्रमा युवाकाे सहभागीता बढ्नु गर्नेमा जाेड दिनु भयो ।
कार्यक्रममा शिक्षा संगठन केन्द्रीय सदस्य राम प्रसाद ढकाल युवासंघ नेपालका केन्द्रीय सदस्य नवीन अाचार्य नेकपा एमाले पाल्पाका जिल्ला सदस्य कृष्ण भट्टराईले युवासंघकाे बारेमा बाेल्नु भएको थियो ।कार्यक्रम पुर्वखाेला युवासंघका अध्यक्ष प्रेम ढिसुवाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ भदौ ४ गते १८:३८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology