रामपुर नगरपालिका ३ मा शहिद स्मृति पार्क उद्घाटन

सिर्जना घिमिरे
प्रकाशित : २०७९ भदौ ५ गते १७:२४

रामपुर नगरपालिका ३ मा शहिद स्मृति पार्क उद्घाटन
भदौ ५
रामपुर नगरपालिका वडानम्बर ३ बोहोरीडाँडामा शहिद स्मृती पार्कको आज उद्घाटन गरिएको छ । सानिअमराई सामुदायिक बन क्षेत्रमा डिभिजन बन कार्यालय पाल्पा र रामपुर सव डिभिजन बन कार्यालयको व्यवस्थापनमा निर्माण भएको पार्कको प्रतिनिधी सभासदस्य तथा पूर्व भुमिसुधार मन्त्री दलबहादुर रानाले उद्घाटन गर्नुभएको छ । पार्कको उद्घाटन गर्दै उहाँले शहिदहरुको सम्झनाका लागि निर्माण गरिएको पार्क निर्माणले पर्यटकिय स्थलको विकास समेत भएको जानकारी दिनुभयो । कार्यक्रममा उहाँले शहिद हरुको सम्झना गर्दै पार्कलाई व्यवस्थित बनाउन अन्य संरचना बनाउनुपर्ने उल्लेख गर्नुभयो । आफूले सोचेभन्दा फरक पार्क बनाउन सहयोग गर्ने डिभिजन वन कार्यालय पाल्पालाई धन्यवाद दिनुभयो ।
१४ लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानियको १ लाख ४५ हजार जनश्रमदान गरि करिब १५ लाख ८७ हजार रुपैया लागतमा पार्क निर्माण भएको हो । शहिद स्मृति पार्क निर्माण समिीका अध्यक्ष सूर्यनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन बन कार्यालय पाल्पाका डिभिजन वन अधिकृत दिपक ज्ञवालीले सामुदायिक बनको संरक्षणसँगै बनक्षेत्रको सौद्धर्यले पनि पर्यटन विकासमा टेवा पुग्नेमा जोड दिनुभएको छ । सामुदायिक बनको विकास, पर्यटनसँग जोड्न सके आम्दानी समेत लिन सकिने बताउनुभएको छ । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, रामपुर नगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष दामोदर पाठक लगायतले धारणा राख्नुभएको छ ।
कार्यक्रममा सहभागी पाहुनालाई स्थानियले पन्चेबाजाले स्वागत गरेका थिए ।
यमकान्ती पराजुलीको स्वागतबाट शुरु भएको कार्र्यक्रमको संचालन सचिव लोकनाथ भट्टराईले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ भदौ ५ गते १७:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology