आर्यभञ्ज्याङमा बेबारिसे नवजात शिशु फेला

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ भदौ ७ गते १९:०४

पाल्पा । पाल्पाको आर्यभन्ज्याङमा मंगलबार मध्यान्ह बेवारिसे नवजात शिशुको शव फेला परेको छ । पाल्पाको बगनासकाली ३ आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा फारिएको अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाउको छ ।

२ बजेर ५० मिनेटको समयमा आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव रहेको सूचनाका आधारमा आर्यभन्ज्याङ प्रहरी चोकी र जिल्ला प्रहरी कार्यालय पाल्पाले शव बरामद गरि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ भदौ ७ गते १९:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology