पूर्वखोला पालिका स्तरीय पूर्वखोला भलिबल संघ गठन ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ भदौ ११ गते १४:५५

पाल्पा- पूर्वखोला गाउँपालिकाका खेलाडी, खेलप्रेमीहरुको भेलाले प्रेदेश रेफ्री तथा खेलाडी नुन बहादुर खासुको अध्यक्षतामा पालिका स्तरीय पूर्वखोला भलिबल संघ गठन गरेको छ । नेपाल भलिबल संघको निर्णय अनुसार देशका सबै ७५३ पालिकामा भलिबल संघ गठन गर्ने नीति अनुसार जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा पूर्वखोला वीरकोटमा बसेको भेलाले खासुको अध्यक्षतामा प्रथम पूर्वखोला भलिबल संघ गठन गरेको हो ।

समितिको उपाध्यक्षमा जित बहादुर सुनारी र लेख बहादुर काम्मु , सचिबमा नवीन आचार्य , सहसचिवमा रुपा जर्घा र कोषाध्यक्षमा हिरा सुर्यवंर्शी सर्वसम्मत चएन हुनुभएको छ । समितिमा रमेश घर्ती, रुपा रुचाल , थान ब चिदी , गोविन्द डाल्ला , शान्ती बारघरेलाई समितिको सदस्यहरुमा चएन गरेको छ ।

त्यस्तै भेलाले संघको सल्लाहकारमा प्रेम दिशुवा , हुम आले , भोज बहादुर राना , डिल्ली राज पंगेनी , हुम श्रेष्ठ , नेत्र सिं ठकुरी , दलु सिंजाली लाई चएन गरेको छ ।

भेलाको प्रमुख अतिथि पूर्वखोला गाउँपलिका अध्यक्ष नुन बहादुर थापाले खेलकुदको विकासमा पालिका लागेको बताउनु भयो । थापाले खेलाडिले आफ्नो रुचि अनुसार खेल खेल्नु पर्ने बताउदै भलीबल खेल नेपालको राष्ट्रिय खेल भएकाले खेलाडी हरुले अनुसासित पुर्व खेल्नु पर्ने बताउनु भयो । नव निर्वाचित टिमले त्यही किसको खेलाडी छनोट गरि पूर्वखोलाको भलिबल खेलाडिहरु राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा पूर्वखोलालाई चिनाउने गरि खेलाडी उत्पादन गराउन यो समितिले भुमिका खेल्ने बताउनु भयो ।

राष्ट्रिय रेफ्री अन्नत प्रसाद श्रेष्ठले नव निर्वाचित टिमलाई बधाई तथा शुभकाना तथा बधाई दिदै पूर्वखोलाको भलिबल खेल र भलिबल खेलाडिको संरक्षणको लागि यो समितिले काम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला भलिबल संघका कार्यसमिती सद्स्य दिपक चौहानले नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिदै समितिले जिम्मेवार पूर्वक काम गर्न समेत आग्रह गर्नु भएको थियो ।
भलिबल संघ गठन कार्यक्रम पूर्वखोला खेलकुद मंचका अध्यक्ष प्रेम दिसुवाको अध्यक्षतामा नवीन आचार्यको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ भदौ ११ गते १४:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology