जल्पामा मौलिक तिज गित र नृत्य प्रतियोगिता सम्पन्न ।।

माधव पाण्डे
प्रकाशित : २०७९ भदौ ११ गते १९:३९

जल्पा महिला कल्याण परिवारको अायोजनामा टोल स्तरीय तिज गित प्रतियोगिता जल्पा बजारमा सम्पन्न भएको छ ।
कार्यक्रममा जल्पा साविक वडा भित्र रहेको १२ वटा समुहका महिलाहरूको सहभागिता रहेको थियो । १२ सभागि टिम विचमा प्रतिस्पर्धा भयको थियो । कार्यक्रमका प्रमुख अथिति पूर्वखोला वडा न २ वडा अध्यक्ष निर ब सारूले कार्यक्रममा बोल्दै सबै महिलाहरू एक जुट भयर अगाडि बढ्दै जान र वडाले हरेक समस्यामा पूर्णरूपमा साथ दिन प्रतिबददता सहित हरितालिका तिजको शुभकामना दिनुभएको थियोे । विशिष्ट अथिति एवम पूर्वखोला गाउँपालिका कार्यपालिका सदस्य भिमीसरा अालेले समपुण दिदिबहिनीलाई शुभकामना दिदै सबै महिला एक जुट भयर अगाडि बड्दै जादा सफलताको बाटो खुल्दै जाने र गित बाटै परिवर्तन पनि गर्न सकिन्छ भन्दै शुभकामना दिनु भयो । कायक्रममा सहभागी भई विभिन्न हासिल गर्नेलाई नगद पुर्सकारले सम्मान गरियको थियोे प्रथम तिनकन्य महिला समुह बर्मु , द्धितीय हिमाली महिला समुह,
तृतीय जनकल्याण महिला समुह भएको छन् । प्रथम, द्धितीय, तृतीय लाई क्रमश: तीनहजार पाँच सय , तीन हजार र दुई हजार पाँच सय पुरस्कार व्यवस्था रहेको थियो । सहभागी टिमलाई दुईहजार यातायात खर्च छुट्याईएको आयोजकले बताएको छ ।
कार्यक्रममा निर्णयकको भुमिकामा रामप्रसद न्यौपाने, निर्मला परिवार, जोसना राना रहनु भयको थियोे ।
कार्यक्रमा जल्पा महिला कल्याण परिवारकी सचिव लिला सारूको सन्चालन र महिला समुहको अध्यक्ष चन्द्री रखालको अध्यक्षमा समपन्न भयको थियोे ।


प्रकाशित : २०७९ भदौ ११ गते १९:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology