तानसेन नगरपालिकाले १०० दिनको कार्य विवरण प्रस्तुत गरेको छ ।

Kandara News
प्रकाशित : २०७९ भदौ १३ गते १६:२८

तानसेन नगर सरकारको १०० दिन कार्य विवरण प्रस्तुत गरेको छ ।

गत वैशाख ३०,गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्यभार सम्हालेको आज १०० औं दिन पुरा भएको अबसरमा तानसेन नगरपालिकाले गरेको कामहरुको पत्रकार सम्मेलन गरेर सार्वजनिकरण गरेको छ । गत आ.व.बाट करिब रु १३,७४,००,०००÷– दायित्वको जिम्मेवारी यस आर्थिक वर्षमा सारिएको बताईएको छ । राजश्व संकलनका दरमा वृद्घि नगरि दायरा फराकिलो बनाउने नीति अनुसार बजेटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनु भएको छ ।
तानसेन नगरपालिककाले १०० दिनमा गरेको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठद्धारा प्रस्तुत् प्रगति विवरण यस अवधिमा तानसेन नगरपालिकाले १०० दिनमा १ नगरसभा र ९ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न भएको । विभिन्न समितिको संयोजक वडा अध्यक्षहरुलाई नै दिइएकाले गर्दा नगरपालिकाको कार्य सञ्चालनमा समितिहरुको सक्रियतामा वृद्धि हुनुका साथै खर्चमा पनि मितव्ययिता आएको, वडा अध्यक्ष नै समितिको संयोजक हुँदा अतिरिक्त पारिश्रमिक दिनु नपर्ने हुँदा प्रशासनिक खर्चमा बचत भएको महसुस गरिएको ,नगरपालिकाको विभिन्न सल्लाहकार समिति, न्यायिक समिति, नगर शिक्षा समिति लगायत ४१ वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ ।
तानसेन नगरपालिकाको एघारौं नगरसभाले आ.व.०७९÷०८० को नीति तथा कार्यक्रम र असार १० गते बजेट पेश गरी रु १,३९,१८,९३,०५४÷– रकम बराबरको बजेट अनुमोदन गरिएको थियोे ।
नगरपालिकाले आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा तानसेन नगरको विकास कार्यलाई अगाडी बढाउने र केहि थप सामाजिक सुरक्षाका कार्यक्रमहरु अगाडी सारेको छ । जसअन्तर्गतः नगरािलिकाले ‘ग’ वर्गको अपाङ्गता कार्ड भएका व्यक्तिहरुलाई मासिक रु ५००।– भत्ता उपलब्ध गराउने, न्युनतम२० युनिटसम्म विद्युत खपत गर्ने तानसेन नगरबासीको शुल्कनगरपालिकाबाट भुक्तानी गरिदिने, समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युतमहशुलमा २५ प्रतिशत अनुदान दिने निर्णय भएको बताईएको छ ।

नगरपालिकाले समुदायमा पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदायको र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा शुल्क नगरपालिकाबाट भुक्तानी गर्ने, गत आ.व.को नियमित कार्यक्रमहरु छोरी शिक्षा कार्यक्रम, बीमा कार्यक्रमहरुलाई निरन्तरता दिइएको , बजेटको बाँडफाँड गर्दा पहिले गरेको अभ्यासभन्दा फरक तरिका अपनाई नगरविकास वडाको विकासबाट मात्र सम्भव छ भन्ने मान्यतालाई आत्मसाथ गरी भूगोल र जनसंख्याको आधारमाप्रत्येकवडालाई समानुपातिक हिसावले बजेटको बाँडफाँड गरिएको १०० दिनको कार्यक्रममा उल्लेख छ । प्रत्येक वडाहरुले न्युनतम ९० लाख देखि अधिकतम रु एक करोड दश लाखसम्म वार्षिक बजेट प्राप्त गरेको, तानसेन नगरपालिका, हेफर इन्टरनेशनल युएनडिपि, र स्थानिय संस्था रेडाको सहभागितामा विभिन्न खालका कृषि तथा पशुपालन सम्बन्धी कार्यहरु सम्पन्न भएको । जस अन्तर्गत नगरभित्र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल वा समुह बनाई १०० बाख्रा, २५ पाडा, ३० बंगुरपालक कृषकहरुलाई प्रति कृषक अधिकतम रु २ लाखसम्मअनुदान सम्झौताको व्यवस्था गरिएको बताईएको छ ।
नगर प्रमुख श्रेष्ठले दूग्ध उत्पादनमा वृद्घि र उत्पादित भएको दूधको बजारीकरण गर्नका लागिकिसानलई प्रोत्साहन स्वरुप प्रतिलिटर रु २।–दूधमा अनुदान दिने व्यवस्था कार्यान्वयनमा लगिएको, तानसेन लगायत लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका १५ वटा पालिकहरुको आर्थिक, सामाजिक स्तर अभिवृद्घि गर्न ल्याइएको ‘सिद्घार्थ आर्थिक करिडोर’ को योजना अन्तर्गत हालै २०७९ श्रावण २० गते देखि २२ गतेसम्म पोखरामातानसेन नगरपालिकाको संयोजकत्व र इपिआईको सहयोगमा सिद्घार्थ आर्थिक करिडोरका उद्वेश्यहरुको कार्यान्वयनका सन्दर्भमा ६ बुँदे घोषण पत्र जारी गरि कार्यक्रम सम्पन्न भएको बताईको छ ।
तानसेन नगरपालिकाले आ.व. ०७९÷०८० मा भौतिक पूर्वाधार अन्तर्गत निर्माण कार्य गर्नुपर्ने विविध समपुरक कार्यक्रम अन्तर्गत निम्न योजनाहरुको बोलपत्र आह्वान गरिसकिएको छ । जसअनुसार अमरनारायण मन्दिरको जिर्णोद्घार, वडा नं. ६ को जैसीचौपारी–कारागार सडक स्तरोन्नती, तानसेन नगरपालिकाको मूलभवनको मिनिहल तथा चमेना गृह निर्माण र वडा नंं. १२ को बौघागुम्हा–छेर्लुङ्ग जाने पक्की बाटो निर्माण कार्य रहेको बताईएको छ । वडा नं. १२ को बौघापोखराथोक–जोर्ते सडक स्तरोन्नती, वडा नंं. १ को पलधारा–धु्रवघाट सडक स्तरोन्नती, वडा नं. ९ स्थित दमकडा मा.वि. को भवन निर्माण र वडा नंं ५ मा आधुनिक बसपार्कको पहिलो चरणको निर्माण कार्यरहेको छ बोलपत्र आह्वान गर्ने प्रक्रियामा रहेको बताईएको छ ।
नगरपालिकाले त्यसका लागि वर्षौदेखि वास्ता नगरिएको नदी तथा खोलाजन्य निर्माण सामाग्रीको राजश्व संकलनमा चासो लिइ गत आ.व.मा नैरु.४२,९५,८०८÷–राजश्व उठाएका बताउदै आगामी दिनमा यसलाई व्यवस्थित गर्न र चुहावट नहुनका लागि ठेक्का प्रक्रियामा लगिने छ।
तानसेन श्रीनगर पर्यटकीय क्षेत्रको विकासका लागि र त्यसबाट बढि राजश्व संकलन गर्न, विगतमा भएका राजश्व चुहावटलाई रोक्न, विगतमा ठेक्का दिएका पक्षहरुसँगरहेको बाँकी राजश्व रु १०,३६,०४५÷– रकम जम्मा गर्ने ताकेता गरिएको र सो ताकेता नमानेको हुँदा नियमानुसार सो सबै फाइल तथा अन्य कागजातहरु जिल्ला प्रशासन कार्यालय पाल्पामा आवश्यक कारवाहीका लागि लेखि पठाइएको छ । चालु आ.व.मा श्रीनगर डाँडा, रानीमहल लगायतका पर्यटकीय क्षेत्रहरुमा आउने पर्यटकहरुको सेवा सुविधा स्थलको व्यवस्थापन र राजश्व संकलन नगरपालिका आफैले प्रत्यक्ष रुपमा गरिआएको छ । प्रतिफलको रुपमा हालआ.व.को पहिलो महिना भित्रैश्रीनगरबाट रु १,७५,८७५÷– र रानीमहलबाट रु १,४८,९४०÷– राजश्व संकलन भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
तानसेन नगरपालिकाको सेवा प्रवाहलाई जनमुखी बनाउन प्रत्येक वडामा एक जना प्राविधिक, एक जना प्रशासनिक र अरु थप २ जना सहायक स्तरका कर्मचारीहरु रहने गरी पुर्नसंरचना गरिएको छ ।साथै १४ वटा वडाहरुलाई पहुँचका आधारमा विभाजन गरी योजना कार्यहरु सम्बन्धीसबै कार्यहरु गर्न दुईवटा केन्द्रहरु कायम गरिएको छ । उक्त केन्द्रमा इन्जिनियर रहने व्यवस्था मिलाइएको यसले गर्दा साना–तिना भौतिक निर्माण कार्यका लागि नगरपालिका कार्यालयमा धाउनु पर्ने बाध्यताबाट नगरबासीहरु मुक्त हुने विश्वास लिएका नगर प्रमुख श्रेष्ठले बताउनु भयो
नगरपालिकाले तानसेनमा रहेका छाडा पशुहरुको उद्घार गरी तिनीहरुलाई तानसेन नगरपालिका १४कुसेनीमा रहेको रुरु गौ सेवा आश्रममा लगि व्यवस्थापन गरिएको ,तानसेनमा जनसंख्याको चाप वृद्घि गर्न र बसाइसराइ रोक्नका लागि घर निर्माण सम्पन्न र बाटोको मापदण्ड सम्बन्धीत नीतिहरुमा हेरफेर गरी थोरै क्षेत्रफल भएका जग्गाधनीहरुले पनि निर्माण कार्य गर्न पाउने गरी निर्णय प्रक्रिया अगाडी बडाइएको र नियम विपरित घर निर्माण कार्य गरेको भए निर्धारित शुल्क र जरिवाना असुल उपर गरि कानुनले नबाज्ने अवस्थामा अभिलेखिकरण गर्ने व्यवस्था मिलाईएको तानसेन नगरपालिकाले गरेको १०० दिनको प्रगति विवरणमा उल्ल्ेख गरिएको छ ।
नगरपालिकाले २०७९ जेठ २० गते वडा नं. ११ को वडा कार्यालय शिलन्यास गरिएको छ र वडा नं. १ को वडा कार्यालयको निर्माण कार्य नियमानुसार अगाडी बढाइएको, विगतमा नगरपालिकासँग साझेदारीको रुपमा विभिन्न क्षेत्र र विषयमा कार्य गर्दै आएका अन्तराष्ट्रिय तथा स्थानीय संस्थाहरुसंगको कार्यक्रमलाई निरन्तरता दिइएको, लसान नगरपालिका चीन र लुम्बिनी गार्डेन फाउन्डेशन स्पेन जस्ता संस्था तथा पालिकाहरुसँग भगिनी सम्बन्धलाई निरन्तरता दिइएको १०० दिनको कार्यक्रममा समावेस गरिएको छ ।


प्रकाशित : २०७९ भदौ १३ गते १६:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology