पूर्वखाेला ४ देविनगरमा तिज गित प्रतियोगिता सम्पन्न ।।

भुवन सिंजाली
प्रकाशित : २०७९ भदौ १४ गते २०:०३

पूर्वखाेला ४ देविनगरमा तिज गित प्रतियोगिता सम्पन्न ।
पाल्पा , देवीनगर
महिला उत्थान गाउँ समन्वय समिति देविनगरकाे अायाेजना र पुर्वखाेला गाउपालिकाकाे अार्थिक सहयोगमा पूर्वखोला -४ देवीनगरमा तिज गित प्रतियोगिता सम्पन्न भएको हाे।
महिलाहरुलाइ एकजुट गराइ महिला अधिकारकाे बारेमा जानकारी गराउने र अाफुमा भएको प्रतिभा प्रदर्शन गराउने उद्देश्यले संचालन गरेको तिज गित प्रतियोगितामा १७ वटा महिला समूह सहभागी रहेकोमा हिरादेवि महिला समूह माथिल्लो लेमधेम पहिलो, भिमसेन महिला समूह सिमल्दी दाेस्राे र धारादेवि महिला समूह तल्लो लेमधेम तेस्रो भएका छन् ।

विजय समूह र सहभागी सबै समुहलाइ क्रमश ३ हजार ५ सय, ३ हजार , २ हजार ५ सय र २ हजारकाे दरले पुरुस्कार वितरण गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिका कार्यपालिका सदस्य रेवति घर्तीले सरकारले महिलाको क्षेत्रमा प्राप्त रुपमा काम गर्न नसकेकोले महिलाहरु अाफ्नाे अधिकारबाट बन्चित हुनु परेकोले सबै महिलाले अावाज उठाउनु पर्ने र अहिलेकाे समयमा तिज भर्किलाे हुदै गएकोले सबै सचेत भइ समान्य रुपमा अाफ्नाे कला संस्कृति संरक्षण गर्नु पर्नेमा जाेड दिनु भयो ।

देविनगर वडाका अध्यक्ष मेहर सिं थापा, वडा सदस्य भुवन सिंजाली , रविन कुमार श्रेष्ठ, मातृभूमि माद्यामिक विद्यालयका प्र अ मेहरमान थापा जनजागृति स्वावलम्वन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यम बहादुर खत्री, लक्किमाया सिंजालि सुष्मा थापा लगाएतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा जल्पा हुमिन ताहु झडेेवा विरकाेट वडाका समेत उत्साहजनक उपस्थित रहेको थियो ।
कार्यक्रम महिला उत्थान गाउँ समन्वय समिति देविनगरका सचिव चुनि सरा थापाकाे संचालन काेषाध्यक्ष कल्पना सिंजालिकाे स्वागत मन्तव्य र अध्यक्ष विष्णुमाया सिंजालिकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०७९ भदौ १४ गते २०:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology