समाजबादी र माओबादीले एउटै घोषणापत्र बनाउने, चुनाव चिह्न आ–आफ्नै हुन्छ : प्रचण्ड

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ भदौ १७ गते १२:२९

 

सुर्खेत,१७ भाद्र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गरेका छन् । प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताए । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिने बताए।
उनले एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएको प्रष्ट पारेका छन् । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा जान्छौं उनले भने । प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको बताउंदै केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्ने बताए । तर चुनावमा घोषणापत्र एउटै भएपनि चुनाव चिन्ह भने आ–आफ्नै हुने बताएका छन् ।


प्रकाशित : २०७९ भदौ १७ गते १२:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology