पाल्पा– नेकपा माओवादी केन्द्र पाल्पाले आगामी निर्वाचनको लागि पाल्पाबाट प्रदेश सभाको लागि संभावित उम्मेद््वारहरु टुंगो लगाएको छ । यस्तै प्रदेश सभा पाल्पा २ (क) मा नेत्र प्रसाद पाण्डेयको नाम सर्वसम्मत रुपमा छनौट भएको पार्टीले जनाएको छ ।
प्रदेश सभा पाल्पा २ (ख) मा अहिलेका प्रदेश सभा सांसद तुलाराम घर्ती, बैकल्पिक केन्द्रीय सदस्य चक्रव्यूह थापा, पुरन केसी र जिल्ला संयोजक राजेन्द्र विश्वकर्माको नाम पार्टी प्रदेशमा सिफारिस भएको हो ।
पाल्पा क्षेत्र नं. १ (१) जितबहादुर मश्रांगी हिरा र कमल भट्टराई, क्षेत्र नं. १(२) दिनेश अर्याल, हुमबहादुर सुनारी, अर्जुन श्रेष्ठको नाम सिफारिस भएको छ ।
पार्टीले क्षेत्र नं. २ संघीय सांसदको लागि केन्द्रीय सदस्य अनिल किशोर घिमिरे र कोशल राज न्यौपानेको नाम प्रदेशमा सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र २०७४ सालको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ ख क्षेत्रबाट प्रदेशसभा सदस्य जितेको थियो । माओवादी केन्द्रको रैनादेवी छहरा, रिब्दीकोट र तिनाउ गाउँपालिका माओवादीको आधार भएको क्षेत्र हो ।
माओवादीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा रिब्दीकोट गाउँपालिका अध्यक्ष र रैनादेवी छहरामा उपाध्यक्ष जितेको थियो । यस्तै तानसेन नगरपालिकाको उप मेयर सहित तानसेन ५ र ११ को वडा अध्यक्षमा समेत जित हाँसिल गरेको थियो ।
मओवादीले समानुपातिक र केन्द्रीय सांसदको उम्मेद्वारको टुँगो भने २० गते जिल्ला समन्वय समितिको बैठक बसेर टुंगो लगाउने जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले बताउनुभयो ।
प्रकाशित : २०७९ भदौ १८ गते २०:४५
Facebook Comment