लुम्बिनी प्रदेश समन्वय परिषद कतार द्वारा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

बिकास गैरे
प्रकाशित : २०७९ भदौ १९ गते २:०२

दोहा कतार – लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुको संयुक्त आयोजनामा कतारमा रहेका २ सय ३० भन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई मध्यनजर गर्दै २ सेक्टेम्बर २०२२ शुक्रबारका दिन एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम दोहाको सी-रिङ्ग रोड स्थित अमेरिकन हस्पिटल एन्ड क्लिनिकमा आयोजना गरिएको थियो ।

बिहान ८ देखि सुरु भएको उक्त कार्यक्रम दिनको २ बजेसम्म सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा २५० भन्दा बढी को उपस्थिति रहेको थियो ।

स्वास्थ्य परीक्षणमा विशेषज्ञ डाक्टरसहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, (उचाइ र तौलको अनुपात) लगायतका स्वास्थ्य सेवा रहेको कार्यक्रम संयोजक तथा परिषदका वरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराईले बताए ।

उक्त कार्यक्रममा परिषदका संरक्षक , प्रमुख सल्लाहकार र अन्य सल्लाहकार लगायत कतारमा रहेका विभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

“नि:शुल्क स्वास्थ्य चेकअप अभियानमा सहभागी हौं, आफ्नो स्वास्थ्य परिक्षण गरी स्वस्थ्य बनौं” भन्ने नाराका साथ प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरु पाल्पाली सेवा समाज कतार ,अर्घाखाँची सेवा समाज कतार,गुल्मी सेवा समाज कतार, प्युठान सेवा समाज कतार , समाज सेवा अभियान रुपन्देही कतार, दाङ देउखुरी सेवा समाज कतार , रोल्पा जलजला सेवा समाज कतार, बुद्धभुमि कपिलवस्तु सेवा समाज कतार,नवलपरासी सेवा समाज कतार,र बाँके सेवा समाज कतारले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

परिषद का अध्यक्षले सउपस्तिथि भइ सेवा लिने तथा कार्यक्रम सफल बनाउन उपस्तिथि हुने सम्पुर्ण र नि:शुल्क स्वस्थ परिक्षण गराइदिने हस्पिटल लाई समग्रमा धन्यवाद ज्ञयापन गरेका थिए । न्यून आए भएका श्रमिकहरुका लागि यस्ता किसिमका कार्यक्रम अति उपयुक्त भएको हुदा यस्तै कार्यक्रम अरु पनि राख्नु पर्ने बतए ।

मिडिया सङ्ग कुरा गर्दै परिसदले ब्लड डोनेसन,सरसफाई ,कतार को बर्तमन अवस्था र यहाको नियम कानुन को बारेमा ओरिन्टेसन,कतार सरकार को कार्यक्रम मा सहयोग र आसिन्न फुटबल बिश्वकप २०२२ को लागि विशेष सहयोग र सोही अवसर पारेर नेपाल को प्रयाट न प्रबर्द्धनको लागि स्टल राखी लुम्बिनी प्रदेश भित्र उत्पादन भएका बिशेष सामाग्रीहरु को प्रदर्शन पनि गर्ने कार्ययोजना रहेको उनले बताएका थिए साथै नेपाल तथा कतार मा विभिन्न किसिम का समस्यमा परेका नेपालीहरुलाइ आर्थिक सहयोग गरेको पनि उनले बताए ।


प्रकाशित : २०७९ भदौ १९ गते २:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology