जुनसुकै अवस्थामा पाल्पा क्षेत्र नं. १ मा एमालेले चुनाब जित्ने पुर्वमन्त्री रानाको दाबी,युवालाई जिम्मेवारी दिन तयार

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ भदौ १९ गते ८:२९

पाल्पा ,पुर्वखोला
भाद्र १८
पूर्वमन्त्री तथा नेकपा(एमाले) का पोलिटब्युरो सदस्य एवं सांंससदस दल बहादुर रानाले पाल्पाको क्षेत्र नं. १ मा जुनसुकै हालतमा एमालेले चुनाब जित्ने बताउनु भएको छ । पूर्वखोलामा भएको पार्टी प्रशिक्षणको क्रममा रानाले जुनसुकै गठबन्धन गरे पनि पाल्पा क्षेत्र नं. १ मा प्रदेशका दुवै क्षेत्र तथा प्रतिनिधीसभा तर्फको चुनाब एमालेले जित्ने निश्चित रहेको दाबी  गर्नुभयो ।

सांसद रानाले एमालेको विरुद्धमा ५ दल गठबन्धनमा भएपनि त्यसलाई जनताले विश्वास नगर्ने बताउनु भयो । उहाँले अहिलेको गठबन्धन देश र जनताको हितमा नभएको बताउँदै देशको हितको लागि एमालेलाई जिताउनु पर्ने बताउनु भयो ।

उहाँले नेकपा एमाले स्थनिय तहको निर्वाचनमा मतको आधारमा ठूलो दल रहेकाले अब हुने मंसिर ४ को चुनाबमा प्रदेश र केन्द्रको चुनाबमा नेकपा एमालेले जित्नुपर्ने बताउनु भयो । पाल्पा क्षेत्र नं.-१ मा २०५१ देखि यताका सबै निर्वाचनहरुमा नेकपा(एमाले) ले जित्दै आएको क्षेत्र हो ।  रानाले २०५१ साल ,२०६४ साल र २०७४ साल गरि ३ पटक चुनाव जिति सक्नुभएको छ भने २०५६ सालमा एमालेकै भद्र बहादुर थापा र २०७० मा एमालेबाटै राधाकृष्ण कँडेलले चुनाव जित्नु भएको थियो । पूर्वमन्त्री एवम् संघीय सांसद दल बहादुर रानाले आफू युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न  तयार रहेको बताउदै अन्य बुढापाका नेताले जस्तो आफुमा पदको लोलुप्ता नरहेको बताउनु भयो ।


प्रकाशित : २०७९ भदौ १९ गते ८:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology