पंन्क्षि बिकास समूह को प्रथम अधिबेशन सम्पन्न अध्यक्षमा कार्की निर्वाचित

बिकास गैरे
प्रकाशित : २०७९ भदौ १९ गते १२:५४

सुनवल /नवलपरासी

भाद्र १८ २०७९

पंन्क्षि बिकास समूह को प्रथम अधिबेशन सम्पन्न भएको छ । २०७९ भाद्र १८ कादिन प्राविधिक शिक्षालयको सभाहल सुनवलमा नगर स्तरिय पशु समूहको अधिबेशन भएको हो । समुहको अध्यक्ष बिमल ढकाल को अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रम समूहका जेष्ठनागरिक डन्डापानी गोतामे प्रमुख अतिथि थिए ।

रास्ट्रियगान बाट सुरु गरिएको कार्यक्रम सहिदहरू प्रति एक मिनेट मौनधारण समेत गरिएको थियो।प्रमुख अतिथि गोतामेले ब्यानर बाचन गरि कार्यक्रमको उद्धाटन गरेका थिए ।

विशेष अतिथि नर बहादुर खड्का, एक नारायण सुवेदि र यसोदा शर्मा रहेका थिए भने अन्य अतिथि को पनि उपस्थिति रहेको थियो । समुहका सचिव शान्ति माया पौडेल स्वागत मन्तव्य राखेकी थिइन ।

उपस्थित सबै अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको पहिलो सत्र समूह का अध्यक्ष बिमल ढकालले अध्यक्षता गर्नु भएको कार्यसमिति भंग गरि निर्वाचन समिति घोषणा गरिएको थियो । निर्वाचन समितिमा संयोजक डन्डा पानी गोतामे लाई राखिएको थियो भने सदस्यमा नर बहादुर खड्का , एक नारायण सुवेदी रहेका थिए ।

 

निर्वाचन समिति ले आफ्नो भुमिकालाई सर्ब-सहमतिमानै निर्वाचन सम्पन्न गरेको छ । अधिबेशन बाट मोहन कार्की को अध्यक्षतामा निम्न कार्यसमिति निर्वाचित गरेको छ ।

१.वरिष्ठ उपाध्यक्ष = उत्तम कडेल
२. उपाध्यक्ष = दुर्गा प्रसाद भुसाल
३. सचिव = तारा नाथ काफ्ले
४. सह सचिव= हेम लाल आले
५. कोषाध्यक्ष = शान्ति माया पौडेल
६. सदस्य = कमल अधिकारी
७.सदस्य = रेशम ब कुवर
८. सदस्य = कल्पना सुवेदी भन्डारी
९. सदस्य = धन कुमारी थापा
१०. सदस्य = राम प्रसाद पाण्डे
११. सदस्य =
१२. सदस्य =

दुई जना पछि थप्ने गरि जम्मा १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ। कार्यसमिति लाई निर्वाचन संयोजक पानीले सपथ ग्रहण गराएका थिए।

 

नव निर्वाचित अध्यक्ष मोहन बहादुर कार्की क्षेत्री ले कार्यसमिति को तर्फबाट भाबी कार्ययोजना कार्यनयन ,अनुसासन आफ्नो कर्तव्य सदैव सस्था पर्ती रहने प्रतिबद्धता गरेका थिए ।

 

अन्तमा निबर्तमान अध्यक्ष बिमल ढकालले माईनोटिङ रजिस्ट्रर बुक र तालाचावि नव निर्वाचित अध्यक्ष कार्की लाई हस्तान्तरण गरेका थिए । नव निर्वाचित कार्कीले निर्वाचन सम्योजक गोतामे लाइ माया को चिनो प्रदान गरेका थिए ।

कार्यक्रम को सहजीकरण समुकका उपाध्यक्ष तारा नाथ काफ्ले र सचिव नरबहादुर खड्काले गरेका थिए ।


प्रकाशित : २०७९ भदौ १९ गते १२:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology