पाल्पामा एमाले सिफारिस गर्यो प्रत्यक्ष र समानुपातिक उमेदवार विवरण सहित ।

Kandara News
प्रकाशित : २०७९ भदौ २४ गते १७:५७

पाल्पा
पाल्पा मंसिर ४ गते हुने प्रदेश र केन्द्रीय तहको चुनाब एक साथ हुँदै छ । पाल्पा जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेको छ । पाल्पा क्षेत्र २ बाट नेता ठाकुर गैरेको नाम सर्वसम्मत सिफारिश भएको छ। गैरे एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज हुनुहुन्छ ।

यही क्षेत्रको प्रदेश ‘ख’ बाट पर्शुराम भट्टराईको नाम एकल रुपमा सर्वसम्मत सिफारिश भएको तान्सेन नगर कमिटि अध्यक्ष गुरास आत्रेले बताउनु भयो ।

पाल्पा क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ , नारायणप्रसाद आचार्य, युवराज खनाल ,शिव अर्याल, निल सारु, कृष्णप्रसाद श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र विष्णु जिसीको नाम सिफारिश भएको छ।

क्षेत्र १ प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फको उम्मेदवारका लागि राजुप्रसाद श्रेष्ठ, राजेन्द्रप्रसाद लम्साल, कृष्णबहादुर सारु, देवीलाल लामिछाने, निलकण्ठ भट्टराई, इश्वरीदेवी खनाल, विन्दु परियारको नाम सिफारिश भएको एमाले पाल्पाका क्षेत्र न १ अध्यक्ष विमल काफ्लेले बताउनु भयो ।

प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फको उम्मेदवारका लागि विनोदकुमार श्रेष्ठ, खेमबहादुर सारु, अर्जुनप्रसाद रेग्मी, तुलसीराम भुसाल, विमलप्रसाद काफ्ले, विजय रानाभाट, इश्वरीप्रसाद न्यौपाने, एकप्रसाद भण्डारी, भगवती राना, कृष्णप्रसाद रेग्मी, कल्पना केसीको नाम सिफारिश भएको छ।

क्षेत्र २ को प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फका उम्मेदवारका लागि भोजराज पोखरेल (रामजी), ओमबहादुर घर्ती मगर, कृष्ण जिसी, रामजी भट्टराई, तुलबहादुर अधिकारी, विनोद कार्कीको नाम सिफारिश भएको नेकपा एमाले सचिब रामजी पोखरले बताउनु भयो ।
मानुपातिक तर्फ भने पाल्पा जिल्लाले ८ जनालाई सिफारिस गरेको छ । जसमा मोहन थापा , नारायणी शर्मा घिमिरे , डा. पुरनमान बज्राचार्य , सिर्जना काफ्ले, इन्द्र कुमारी गहतराज , गणेश बस्याल , राधिका भण्डारी लाई सिफारिस गरेको नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरे बताउनु भएको छ ।

प्रेदेशमा भने नेकपा एमालेले दमन सिं पाटा , रोजी खातुङ , सन्जु परियार , सावित्रा कुमाल , सरस्वती भट्टराई , हुम गैरे , उर्मीला शर्मा , हिस सरा राना , योगेन्द्र कुमार गैरे मुक्तिलाल कलिराज , दिपक विश्वकर्मा , ठाकुर प्रसाद लोगोन्ना , सुनिता शर्मा , त्रिरत्न लल शर्मा , कल्पना भण्डारी , सुनिता श्रेष्ठ , विष्णु रिमाल , अमिन बक्सलिया , रामहरी समुद्री , गिता पाण्डे , दुर्गा प्रसाद खनाल , दल बहादुर गुरुङ , मिरा मरासिनी , मान बहादुर धामी , अर्जुन विक , दुर्गा प्रसाद खनाल , मिना जिसि र खगेन्द्र पोखरेललाई सिफारीस गरेको अध्यक्ष घिमिरेले बताउनु भएको छ ।


प्रकाशित : २०७९ भदौ २४ गते १७:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology