७ औँ पाल्पा हव कन्भेन्सन’ भव्यताका साथ सम्पन्न ।।

जनक राज भट्टराई
प्रकाशित : २०७९ भदौ २५ गते ७:५२

पाल्पाको तानसेनमा रहेको बृन्दाबन ईंलीश बोर्डिङ्ग स्कुलमा ‘७ औँ पाल्पा हव कन्भेन्सन’ भव्यताका साथ सम्पन्न भएको छ । विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्तर्गतको सम्मेलन सम्पन्न गरिएको हो ।

पाल्पा जिल्लाका २३ विद्यालय केस स्टडीका लागि र १ वटा विधालय अवलोकनका लागि सहभागी रहेको उक्त प्रतियोगितामा करिव ३०० सय भन्दा बढी विद्यार्थीले भाग लिएको जनाईएको छ ।

सहभागी विद्यार्थीहरुले प्यानल डिस्कसनको क्रममा अतिरिक्त क्रियाकलापमा भाग लिने, विद्यालयमा अनुपस्थित, भाषा शुद्धताको कमी जस्ता केसहरु उठाई आफै समाधानका लागि गर्नुपर्ने उपायहरुको बारेमा प्रोजेक्टर मार्फत स्पष्ट पारेका थिए । जुन क्रियाकलाप एस.क्यु.सी.को महत्वपुर्ण मानिन्छ । त्यस्तै विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवम् अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने खालका विभिन्न क्रियाकलापमा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा हाजिरिजवाफ,कथा लेखन र कोलाज गरि ३ विधामा प्रतियोगिता गराएको थियो । उत्कृष्ट सम्पुर्ण विद्यार्थीहरुलाई मायाको चिनो, प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय ईकाई समिति पाल्पाका प्रमुख टन्क नाथ खनाल ले यो कार्यक्रमले विद्यार्थीहरुमा श्रृजनशील क्षमताको विकास हुने बताउनुभयो । उहाँहरुले यस्ता कार्यक्रम जिल्ला भरि नै आयोजना गरि सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएमा विद्यार्थीहरुको चौतर्फी विकास हुने बताउदै एस.क्यु.सी. पाल्पा लाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कोएस्ट का केन्द्रिय सदस्य खेम बहादुर सारु,प्याब्सन पाल्पाका अध्यक्ष महेश बज्राचार्य , बृन्दावन बोर्डिङ्ग स्कुलका प्राचार्य संयोजक भरत न्यौपाने , न्यु होराइज स्कुन का प्राचार्य डासुराम पन्त ,SQC केन्द्रिय सदस्य गङ्गा खत्री लगायतले मन्तब्य राख्दै कार्यक्रमले विद्यार्थीहरुले अत्यन्तै सिक्ने अवसर पाएको र सिक्ने ईच्छा शक्तिमा समेत वृद्धि भएको बताउदै कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।त्यस्तै पाल्पा हव कन्भेन्सनका हव संयोजक तथा रबि पाण्डेले कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सदस्य विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम निकै फलदायी भएको विश्वास व्यक्त गर्नुभयो । कन्भेन्सन मास्टर ट्रेनर समेत रहनुभएका पाण्डे ले विद्यार्थीलाई किताबी ज्ञान मात्र भन्दा अतिरिक्त क्रियाकलपमा समेत सहभागी गराउन सकियो भने उनीहरुको चौतर्फी विकास हुने बताउनुभयो । उहाँले विधार्थीहरुलाई शृजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन समेत विद्यार्थीहरु सक्षम भएको बताउनुभयो । पाल्पा हब कि सचीव इना रानाको सञ्चालनमा ७ औँ पाल्पा हव कन्भेन्सन सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ भदौ २५ गते ७:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology